एअरपोर्टमा लागु औषधसहित थाइ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक प्रकाउ परेकी छिन् ।२७ वर्षीया कोंकवान पुङस्वान मंगलबार दिउँसो पक्राउ परेकी हुन । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएकाे छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?