
काठमाडौं। राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।बुधवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमार्फत चैत १५ गते भएको आन्दोलनको क्रममा पक्राउ परेकालाई बैशाख २१ सम्म रिहा गर्नु पर्ने सर्त सो समितिको रहेको छ ।
तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष नवराज सुबेदीसहित पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई रिहा नगरे बैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताए ।उनका अनुसार समितिले बैशाख २१ सम्म समय सिमा तोकेको छ ।