प्रदेशको योजना खरिदविक्रि प्रकरणः मन्त्री साह नै किनबेचमा ब्यवस्त

सिरहा । सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ।मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको काम गरीरहेको पाईएको हो।

 

 

कानुनतः मन्त्रालयहरुले जिल्ला स्थिति पुर्वधार बिकास कार्यालय वा सम्बन्धित वडामा योजनाको उपभोक्ता समिति गठन गर्न चिट्ठी  पठाउनुपर्ने प्रावधान छ। तर, वन मन्त्री साह आफै वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभन देखाएर काम गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारको योजनामा परेका चिट्ठी उपभोक्ताले जिल्लास्थित  पुर्वाधार बिकास कार्यालयमार्फत पाउनुपर्ने हो। तर, वन मन्त्री साह आफै चिट्ठी बोकेर वडामा आईरहेका छन्। योजना लिने हो भने पहिले नै कमिशन दिनुपर्यो, अन्यता मन्त्रीले भनेजस्तो उपभोक्ता समिति गठन गर्न आर्थिक प्रलोभन सम्म दिने गरेको छ।’

 

निवार्चित भएकै दिन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले ‘म एक रुपैयाँ पनि भ्रष्टाचरी गर्दिन, जनताको पक्षमा अवाज उठाउँछु, मैले भ्रष्टाचार गर्योभने, मलाई यो क्षेत्रमा जुत्ताको माला लगाएर घुमाउनु’ भन्दै ठुलठुलो भाषण छाँटेका थिए। तर, जनमत पार्टी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बने लगतै साह भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्यहरु बाहिरिन थालेको छ।

 

 

यतिमात्र हैन मन्त्री साह नामको लागि उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैले गराइरहेको पुष्टि हुने प्रमाण प्राप्त भएको छ। मन्त्री साहले नै मिर्चैया नगरक्षेत्रभित्र सडक ग्राभेलिङ तथा स्तरवृद्धि कार्यकालागि करोडौं रकम बिनियोजन गराएराएका छन्। सो योजनाको लागि उनले अनाधिकृतरुपमा ग्राभेल उत्खनन् गराएर स्टोक गरी राखेको छ।  आफैले केही कामहरु गर्नुपर्ने भएकाले ग्राभेल स्टोकगरी राखेको मन्त्री साहले स्वीकार गरेका छन्। उनले सिरहाको मिर्चैया नगरपालिका ५ स्थित शिला पेट्रोल पम्पको पछाडी भारीमात्रामा अनाधिकृत रुपमा उत्खनन गरिएको ग्राभेल डम्पिङ गरेर राखेका छन्।

 

ग्राभेल मन्त्रीकै हो या होईन भनी बुझ्न सिरहा संवादाता मुकेश कुमार यादबले उपभोक्ता समिति बनेर मन्त्री साहसँग सम्पर्क गर्दा उनले ढुक्कसँग भने, ‘यो मेरै ग्राभेल हो। आफनै योजनामा प्रयोग गर्न ल्याएको हो। मेरो काम भएपनि बढी भएको ग्राभेल बेच्छु। तपाईलाई कति टिप चाहिएको हो? कसरी लिने हो?’ भन्दै मन्त्रीकै यस्तो अभिव्यक्तिले उनी आफैं ठेक्केदार भएर योजना निमार्ण कार्य गराईरहेको पुष्टि हुन्छ।

 

मधेस प्रदेशमा हहिले जनमत पार्टी नेतृत्वको सरकार छ। एकातिर पार्टी अध्यक्ष सिके राउत भ्रष्टाचारविरुद्ध चर्को स्वरमा बोलिरहेका हुन्छन्। तर, उनकै पार्टीले नेतृत्व गरीरहेको प्रदेश सरकारमा आफ्नै पार्टीका मन्त्रीहरु खुलेआम योजना खरिद विक्री तथा ठेक्केदारी गर्ने कार्यमा लिप्त छन्। अध्यक्ष राउतले यो क्रियाकलापलाई नजरअन्दाज गरे आगमी दिनमा पार्टीको अवस्था रसातलमा पुग्ने निश्चित रहेको उनकै कार्यकर्ताहरु दुखेसो गर्छन्। प्रदेश उपभोक्ता कार्यविधि अनुसार मन्त्रालयले विनियोजन गरेको योजनाको चिट्ठी सिधै वडा कार्यालयमा जानुपर्ने प्रावधान छ।

 

 

तर, मन्त्री साहले आफनो आसेपासे, कार्यकर्ता तथा स्वयम् आफैपनि योजनाका चिट्ठीहरु लिएर वडा वडामा गएर वडा अध्यक्षहरुलाई पचास हजार देखि एक लाख सम्मको प्रलोभनमा पार्ने प्रपञ्च रचिरहेको नाम नखोल्ने शर्तमा एक वडा अध्यक्षले बताए। उनले भने, ‘नामकै लागी उपभोक्ता समिति गठन गर्ने गरी मन्त्री साह आफैले ठेक्केदार पनि खटाउने गरेको छ। उनले थपे, ‘वन तथा वतावरण मन्त्री त्रिभुवन साह आफैले योजनाको चिट्ठी हातमै लिएर पनि आउनु हुन्छ, उपभोक्ता समिति गठन गर्न समनव्य गरीदिएवापत पचास हजारको अफर नै गरे। रकमको बार्गेनिङ गर्नथालेपछि मैलै मन्त्री साहलाई प्रकृया पुरा गरी चिट्ठी आए मात्र प्रकृया अगाडी बढाउने भनेपछि मन्त्री निस्कनु भयो।’मिर्चैया नगरपालिकाका ११ का वडा अध्यक्ष चन्द्रदिप यादव भन्छन्, ‘मन्त्रीले मन्त्रालय, पुर्वधार विकास तथा वडा अध्यक्ष समेतसंग आफैले आर्थिक सेटिङ गरी योजनाको  डिजाइन, बजेट र कार्यान्वयन प्रक्रिया समेत मिलाउने गरीरहनु भएको छ।’ उनले थपे, ‘सबै प्रकृया ‘सेटिङ’ अनुसार नै अगाडि बढ्छ। उहाँकै मान्छे उपभोक्ता समिति बनाउँछन्, उहाँकै ग्राभेल आउँछ। यसरी प्रदेश सरकारको जिम्मेवार व्यक्ति स्वयम् लाभ उठाउने कार्यमा संलग्न हुनुले सुशासन र उनको नैतिकतामथी पनि प्रश्न उठ्छ।’जनताको सेवा गर्ने बाचा गरेर गएका जनप्रतिनिधी आफै राज्य दोहनमा लागेको प्रति जसपाका नेता राम दयाल यादवले चिन्ता व्यक्त गरे। उनले भने, ‘मन्त्री साह ठेकेदार हो की मन्त्री? खुट्याउनै नसकिने भएको छ। उपभोक्ता समितिको आवरणमा योजना कब्जा गर्दै छ। यो अनैतिक र अख्यिारको दुरुपयो पनि हो।’मन्त्रीका क्रियाकलापले उनको नैतिकतामाथी  गम्भीर प्रश्न उठाएको छ। भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्य बाहिरीने भएपछि उनी अहिले कसैको सम्पर्कमा आउन चाहिरहेका छैनन।  यस सम्वन्धमा मन्त्री साहको प्रतिकृयालिन खोज्दा उनको फोन स्वकिय सचिवले उठाए। उनले मन्त्री जी अहिले वैठकमा हुनुहुन्छ। बैठक पछि कुरा गराउने भनेपनि पछि पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठेन।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

उपराष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौँ,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको हो । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ,   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ ।आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

गण्डकी, माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो ।   कार्यशालामा शिक्षा क्षेत्रसँग...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट (बागलुङ), दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९