नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ।

 

प्रकाश रेग्मी

 

परिचय

 

अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस अप्रिल महिनाको १५ देखि १८ तारिखको अवधिमा पाकिस्तानको बलुचिस्थानमा हरेक अप्रिल महिनामा हुने नियमित तापक्रमभन्दा ८ डिग्री सेल्सियस बढी हुन गई त्यहाँको तापक्रम ४९ डिग्री सेल्सियस (१२० फरेनहाइट) सम्म पुग्न सक्छ भन्ने अनुमान गरेको छ। यही समाचारले यो लेख तयार पार्ने प्रेरणा गर्‍यो।

 

पृथ्वीको सतहको तापक्रमलाई प्रभाव पार्ने धेरै कुराहरूमध्ये जमिनको सतहको उचाइ एक प्रमुख आधार हो। सतहको उचाइ र तापक्रमबीच एक विपरीत सम्बन्ध हुन्छ। जब-जब जमिनको सतहको उचाइ बढ्दै जान्छ, तब पृथ्वीको सतहको तापमान घट्दै गएको पाइन्छ।

 

पृथ्वीको तापको प्रमुख स्रोत सूर्यबाट प्राप्त हुने तापका किरणहरू नै हुन्। आफ्नो खपत क्षमताभन्दा बढी भएको तापक्रम पृथ्वीले परावर्तन गरी अन्तरिक्षमा फर्काउने गर्दछ। पृथ्वीले आफ्नो आवश्यकता भन्दाबढी तापक्रम फर्काउने बाटोमा रहेको वायुमण्डलमा अतिरिक्त अवरोध सिर्जना भई परावर्तित तापका किरण वायुमण्डलमा नै घुलेर रहने हुँदा पृथ्वीको सतहमाथि रहेको हावाको तापक्रम बढ्न गएको हो। मानवीय अनियन्त्रित र अत्यधिक क्रियाकलापले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइड र अत्यधिक धुलिकरणको मात्रा बढ्न गई तापका किरण फर्कने बाटोमा अवरोध सिर्जना भएको छ।

 

नेपालमा उत्तर-दक्षिणको छोटो दुरीको अन्तरमा अत्यधिक उचाइमा विविधता छ। यसको उचाइ समुन्द्री सतहबाट ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्म रहेको छ। सबै भन्दा अग्लो सगरमथाको शिखर हो भने सबैभन्दा होचो भू-भाग धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको छ।  सन् २०१७ भन्दा पहिला नेपालको सबैभन्दा होचो भू-भाग झापा जिल्लाको केचनाकलनलाई मानिन्थ्यो, जसको उचाइ समुद्र सतहदेखि ७० मिटर छ। तर पछि सन् २०१७ मा नेपाल सरकारले गरेको सर्वेक्षणले धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको पत्ता लगाएको हो।

 

यस लेखका लागि सन्दर्भ सामग्रीको रुपमा विश्व बैंकले अनलाइन पोर्टललाई लिइएको छ। यहाँ सन् १९०१ देखि २०२३ सम्मको नेपालको जमिनको सतहको वायुको वार्षिक औसत तापक्रम  र नेपालका विभिन्न ८२ वटा मेट्रोलोजिकल स्टेशनहरूको आजसम्मको सबैभन्दा बढी तापक्रम भएको बेलाको तापमानको तुलना गरिएको छ।

 

नेपालमा तापक्रम वृद्धि

 

हाल संसारमा भएको जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूमा वृद्धि हुने क्रम जारी छ। यसै क्रममा ग्रीष्मकालीन समयमा नेपालमा पनि छोटो-छोटो समयमा विभिन्न ठाउँहरूको तापक्रममा उछाल आउने गरेको छ। विश्व बैंकको तथ्याङ्क हेर्दा प्रत्येक ३० वर्षको अवधिमा चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै यस लेखमा देखाइएको ग्राफले पनि तापक्रमका लहरहरू तल-माथि गर्दै क्रमस तपक्रम बढदै आएको देखिन्छ। सन् २००९ पछि लगातार रुपमा औसत तापमानभन्दा निकै माथि चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै झन्डै १२० वर्षको अवधिमा नेपालमा जम्मा ०.६६ डिग्री सेल्सियस ( प्रति वर्ष ०.००५५ डिग्री सेल्सियस ) बढेको देखिन्छ।

 

सामान्य रुपमा हेर्दा प्रति वर्ष ०.००५ डिग्री सेल्सियस सानो अंक लाग्छ तर वायुमण्डलमा यसको प्रभाव ठूलो परेको हुन्छ। जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। वायुमण्डलको थोरै तापक्रमको परिवर्तनबाट स्थानीय हावाको चापमा परिवर्तन भई हावाको बहाव र दिशामा ठूलो परिवर्तन हुनाको साथै सम्पूर्ण मौषममा नै गुणात्मक परिवर्तन हुन्छ। यसको परिणामस्वरुप सम्पूर्ण जीव तथा वनस्पति जगतले आफूलाई अनुकूलन गर्न आफ्नो प्राकृतिक स्वरुपमा नै परिवर्तन गर्नुपर्छ। जसले आफूलाई बदल्न सक्दैन, यस धर्तीबाट लोप भएर जानुपर्छ।

 

तापक्रमको स्थानीय वितरण

 

इन्टरनेटमा प्राप्त हुन सकेका ८० मेट्रोलोजिकल स्टेशनहरूको नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको ग्रीष्मकालीन औसत तापमान विवरण र गुगल सर्चबाट उक्त स्टेशनहरूको चरम तापमान पत्ता लगाई नेपालको तापक्रम वितरण तयार पारिएको हो र यसैको आधरमा नेपालको चरम तापक्रम वितरण नक्सा तयार गरिएको हो। उक्त नमूनास्वरुप लिइएका ८० स्टेशनहरूको वितरणको ढाँचा अनियमित रहेकोले नक्शामा देखाइएको तापक्रम वितरणमा केही फरक पर्न सक्छ तर सामान्यतया सत्यताको नजिकै हुन्छ।

 

समान्यतया ३० वर्षको औसत तापक्रमले स्थानीय हावापानीलाई प्रतिनिधित्व गर्दछ। यस लेख तयार पर्दा सो अवधिको तथ्याङ्क इन्टरनेटमा उपलब्ध हुन नसक्दा जम्मा १० वर्षको ८० वटा स्टेशनका ग्रीष्मकालीन डाटालाई मात्र आधार बनाएर गरिएको छ र नक्शा तयार पार्दा अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडिडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।

 

नक्शामा गाढा हरियोबाट फिका हरियो, फिका पहेंलोबाट गाढा पहेलो अनि फिका रातोबाट गाढा रातो रङबाट क्रमश: चरम गर्मीका लहरहरू हुन सक्ने स्थानहरूको वर्गीकरण गरिएको छ। गाढा रातो रङले पोतिएका स्थानहरू सम्भावित चरम गर्मी हुन सक्ने क्षेत्रहरू हुन्। पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ।

 

१. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेकोमा सन् १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५  डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ।

 

२. सप्तरी : सप्तरी जिल्लाको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेकोमा सन् २०१९ जुन १६ मा ४३ डिग्री सेल्सियस पुगेको र अति तापक्रमका कारण बढेका बिमारीहरूको संख्यालाई व्यवस्थापन गर्न अस्पताललाई कठिनाइ परेको कुरा गुगल सर्चमा देखिन्छ।

 

३. रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाको ग्रीष्मकालीन औसत तापक्रम ३२.३  डिग्री सेल्सियस रहेकोमा सन् २०१५ को जुन १९ तारिखका दिन तापक्रम बढेर ४४.१  डिग्री सेल्सियस पुगेको थियो।

 

४. परासी : साबिकको नवलपरासी र हालको परासी जिल्लामा पर्ने दुम्कौली मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३४.३ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९७९ जुन ५ का दिन ४३.८ डिग्री सेल्सियस र फेरि जुन २०२३ मा पनि ४३.८ डिग्री सेल्सियस पुगेको थियो। यस प्रकारको तथ्यांकले उक्त क्षेत्रमा पटक-पटक चरम गर्मीका लहरहरू आउन सक्ने सम्भावनालाई इंगित गर्दछ।

 

५. बाँके : बाँके जिल्लाको नेपालगन्ज चरम गर्मीको सूचीमा लगातार जसो परिरहन्छ। नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको डाटा सेटअनुसार नेपालगन्जको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस देखिन्छ।  तर, सन् १९९५, २०१३ र २०२३ का जुन महिनामा चरम गर्मीको लहर ४५.९ डिग्री सेल्सियसभन्दा बढी मापन भएको देखिन्छ।

 

६. बर्दिया : बर्दिया जिल्लाको रानी जरुवामा रहेको मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ कि जुन ५ का दिन ४६.४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।

 

७. कैलाली : कैलाली जिल्लाको टिकापुर र धनगडी अत्तरिया सर्वाधिक गर्मी हुने स्थानहरू हुन्। यी स्थानहरूमा ग्रीष्मकालीन औसत तापक्रम क्रमश: ३५.२ र ३५.८  डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ जुन १६ का दिन ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो। नेपालको हालसम्मको सबैभन्दा बढी तापक्रम यही नै हो।

 

सारांश

 

नेपालको तराईबाट क्रमश: तापक्रम पहाडी क्षेत्रतिर घट्दै गएको देखिन्छ। पूर्वी पहाडी क्षेत्रभन्दा मध्य र पश्चिमी पहाडी भू-भाग ग्रीष्मकालीन समयमा बढी गर्मी रहेको देखिन्छ। पश्चिमी पहाडका डडेल्धुरा र दार्चुला उच्च पहाडी भू-भागमा रहेर पनि ग्रीष्मकालीन चरम तापक्रम ३४ डिग्रीसम्म पुगेको पाइयो।

 

अत्यधिक गर्मीको बेला मानिसको टाउको दुख्ने, पसिना बढी आउने, रिङ्टा लाग्ने, बान्ता आउने, सास छिटो-छिटो फेर्ने, अत्यधिक तिर्खा लाग्ने जस्ता मानवीय स्वास्थ्यमा प्रभाव पर्दछ। यस्तो बेला सकेसम्म तातोबाट बच्ने, धरै पानी पिउने, विशेष कामबाहेक घर वा छहारीबाट बाहिर ननिस्कने र शरीरले असजिलो महसुस गरेमा नजिकमा प्राप्त हुने स्वास्थ्य सुविधाहरू लिनु नै सामान्य बचावटको उपाय हुन सक्छन्। (चितवन, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी

महोत्तरी,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।   पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९