
काठमाडौं । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् ।उनीहरूलाइ सिंहदरवारवाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ लगिएको छ।