सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे अाशंका

सिरहा । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदानका लागि क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङको मिलोमतोमा फर्जी क्याम्पस प्रमुख बनाएका हुन्।

 

 

पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमत्तोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई फर्जि क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरीएको छ।

 

किशोर कुमार साह धनगढीमाई नगरपालिका- ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। पुर्णकालिन क्याम्पस प्रमुख नरहेकै कारण बिगत केही वर्षदेखी बिश्वबिद्धालय अनुदान आयोग सानोठिमि, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभएर कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको हुन सक्ने त्यहि कार्यरत एक शिक्षकले जानकारी दिए।

 

साहले आफ्नो पदलाई दाउमै राखेर सञ्चालक समितिहरुको किर्ते हस्ताक्षर गरेको स्रोतले दावी गरेको छ। उनका अनुसार समितिका कुनै सदस्यलाई जानकारी नै नदिई किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि नै लागु हुने गरी चार वर्षको लागि पुर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी यसै क्याम्पसमा कार्यरत मनोज कुमार साहलाई दिइएको’  लेखिएको पत्र विश्वविद्यालय अनुदान आयोगलाइ परिपत्र गरिएको प्रमाण फेला परेको छ।

 

२०८१ कात्तिक २७ गते नै क्याम्पस प्रमुख साहले अनुदानको रकम कुम्ल्याउने उदेश्यले सञ्चालक समितिका अध्यक्ष तामाङलाई आर्थिक प्रभावमा पारेर क्याम्पसको लेटरहेड प्रयोग गरि कात्तिक २४ गतेदेखि नै मनोजकुमार साहलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको पत्र अनुदान आयोगमा पठाएको छ। आयोगले भने सो पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जनाएको छ।

 

 

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताए। उनले भने, ‘हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आई सकेको छैन।’

 

 

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने बेखबर छन्। उनी भन्छन्, ‘यो बिषयमा मलाई केही जानकारी छैन्। मलाई कसैले औपचारिक अनौपचारिक कुनैपनि रुपमा मैले जानकारी पाएको छैन्। क्याम्पस प्रमुख अहिले पनि किशोर साहजी नै हुनुहुन्छ ।’यस बिषयमा रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुर्य मान तामाङलाई अहिलेको क्याम्पस प्रमुख को हो? क्याम्पस प्रमुख फेरिएको छ कि छैन? भन्ने प्रश्नमा  उनले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामिले अहिले सम्म उहाँलाई जिम्मा दिएका छौं।’

 

 

अध्यक्ष तामाङलासँग पुनः त्यसो भए २०८१ कात्तिक २७ गते बिश्वाविद्यालय अनुदान आयोगमा मनोजकुमार साह क्याम्पस प्रमुख रहेको परिपत्र फर्जी हो? कि तपाइले नै फर्जी क्याम्पस प्रमुख खडा गरेको हो? प्रश्न गर्दा उनले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नाम कै लागि पठाउनुछ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्न हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङ्गले थपे, ‘कानुनी रुपमा मिल्दैन तर; क्याम्पसको हित हुन्छ। व्यबहारिक रुपमा मिलाउनु पर्छ भन्नुभएपछि मैले पनि हस्ताक्षर गरिदिए।’

 

 

यसै विषयमा क्याम्पस प्रमुख किशोर कुमार साहसंग जानकारी माँग्दा उनले भने, ‘क्याम्पस नै हो। हेर्दै जाउँ के के हुन्छ। यहाँ के के ग¥या छ। केही पतो हुदैन।’  उनलाई यो कसरी हुन गयो त? भनि प्रतिप्रश्न गर्दा उनले ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि कुरा गरौंला’ भन्दै फोन काटेका छन् । पछि क्याम्पस प्र्रमख साहसँग प्रतिक्रिया लिने प्रयास गरेपनि उनी फोन सम्पर्कमा आउन चाहेनन्।

 

 

सञ्चालक समितिका सदस्य चन्दर यादबलाई क्याम्पस प्रमुख फेरिने बिषयमा सञ्चालक समितिको बैठक बस्नु भन्नु भएकाे थियो ।  उनका अनुसार यस बिचमा बैठक नै बसेको छैन। केहि दिन अगाडी बर्दिवासमा क्याम्पसको पञ्च वर्षे योजना सम्बन्धि बैठक बसेको थियो। तर, क्याम्पस प्रमुख फेरिने बारे अध्यक्षले कहिले चर्चा समेत गरेका थिएनन । उनले थपे, ‘यदि क्याम्पस चिफ फेरिएको हो भने यो फर्जी गरिको छ। हामीलाइ केही जानकारी नै छैन।’

 

सोही बिषयमा क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको विषयम कुनै जानकारी नभएको बताए। हामिले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं, यसमा तपाईं के भन्न चाहनु हुन्छ? भन्ने प्रश्नामा मेयर श्रेष्ठले भने, ‘ए त्यस्तो पो गरिएको छ। पख्नुस त म बुझ्छु। पाँच मिनेट पछि म तपाईलाई बुझेर फोन गर्छु;’ भन्दै फोन काटे। पछि उनी सम्पर्कमा आउन चाहेनन्।

 

त्यसैगरी, सोही क्याम्पसका सञ्चालक समितिसदस्य समेत रहेका मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले  भने, ‘म बसेको बैठकमा यस्तो निर्णय भएको छैन। यस विषयमा मैले पनि बुझ्नै पर्छ।’

सोही क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत बिद्यार्थी सुरेश रायले क्याम्पस प्रमुख अहिले सम्म किशोर साह रहेको बताए। उनले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन। तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’

 

 

चारै जना सञ्चालक समितिका जिम्मेवार ब्यक्तिले दिएको प्रतिक्रिया र बिश्वबिद्यालय अनुदान आयोगलाई गरिएको परिपत्रले क्याम्पस प्रमुख किशोर कुमार साह र सञ्चालक समितिका अध्यक्ष सुर्यमान तामाङले बदनियतपुर्वक नै यो फर्जी कागजात तयार गरिएको पुष्टि हुन्छ।

 

बिगत एक दशकदेखि सञ्चालक समितिका अध्यक्ष तामाङ र क्याम्पस प्रमुख किशोर कुमार साहले केही व्यक्तिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर करोडौं रकम हिनामिना गरेको क्याम्पसमै कार्यरत शिक्षकहरु बताउँछन्।  उनले क्याम्पस कै केही प्रध्यापकलाईसमेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको साम्राज्य एक क्षत्र राज्य चलाई रहेको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए।

 

क्याम्पसले गत बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। तर, सोही अवधिमा विद्यार्थी सँग भने १६ देखि १८ हजारसम्म लिने गरेको प्रमाणहरु फेला परेको छ।

 

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको उनीहरूकाे अाराेप छ ।

 

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ। यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको सर्वसाधारणकाे बुझाइ रहेकाे छ। राजनितिक आडमा क्याम्प प्रमुख किशोर साह एक दशकदेखि कानुनलाई लत्याउदै बिना कुनै निर्णयकै क्याम्पस प्रमुखमा बिराजमान छन्।  घतलाग्दो विषय हजारौं विद्यार्थी सङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापाल समेत छैन। लेखा पालदेखि दर्ता चलानिका सम्पूर्णकाम क्याम्पस प्रमुख साहको कब्जामा छ । एकजना पुस्तकालय हेर्न भनेर नियुक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्ने काम गर्छन। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

काठमाडौँ, सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उहाँ बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुग्नुभएकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९