सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे अाशंका

सिरहा । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदानका लागि क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङको मिलोमतोमा फर्जी क्याम्पस प्रमुख बनाएका हुन्।

 

 

पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमत्तोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई फर्जि क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरीएको छ।

 

किशोर कुमार साह धनगढीमाई नगरपालिका- ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। पुर्णकालिन क्याम्पस प्रमुख नरहेकै कारण बिगत केही वर्षदेखी बिश्वबिद्धालय अनुदान आयोग सानोठिमि, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभएर कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको हुन सक्ने त्यहि कार्यरत एक शिक्षकले जानकारी दिए।

 

साहले आफ्नो पदलाई दाउमै राखेर सञ्चालक समितिहरुको किर्ते हस्ताक्षर गरेको स्रोतले दावी गरेको छ। उनका अनुसार समितिका कुनै सदस्यलाई जानकारी नै नदिई किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि नै लागु हुने गरी चार वर्षको लागि पुर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी यसै क्याम्पसमा कार्यरत मनोज कुमार साहलाई दिइएको’  लेखिएको पत्र विश्वविद्यालय अनुदान आयोगलाइ परिपत्र गरिएको प्रमाण फेला परेको छ।

 

२०८१ कात्तिक २७ गते नै क्याम्पस प्रमुख साहले अनुदानको रकम कुम्ल्याउने उदेश्यले सञ्चालक समितिका अध्यक्ष तामाङलाई आर्थिक प्रभावमा पारेर क्याम्पसको लेटरहेड प्रयोग गरि कात्तिक २४ गतेदेखि नै मनोजकुमार साहलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको पत्र अनुदान आयोगमा पठाएको छ। आयोगले भने सो पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जनाएको छ।

 

 

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताए। उनले भने, ‘हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आई सकेको छैन।’

 

 

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने बेखबर छन्। उनी भन्छन्, ‘यो बिषयमा मलाई केही जानकारी छैन्। मलाई कसैले औपचारिक अनौपचारिक कुनैपनि रुपमा मैले जानकारी पाएको छैन्। क्याम्पस प्रमुख अहिले पनि किशोर साहजी नै हुनुहुन्छ ।’यस बिषयमा रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुर्य मान तामाङलाई अहिलेको क्याम्पस प्रमुख को हो? क्याम्पस प्रमुख फेरिएको छ कि छैन? भन्ने प्रश्नमा  उनले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामिले अहिले सम्म उहाँलाई जिम्मा दिएका छौं।’

 

 

अध्यक्ष तामाङलासँग पुनः त्यसो भए २०८१ कात्तिक २७ गते बिश्वाविद्यालय अनुदान आयोगमा मनोजकुमार साह क्याम्पस प्रमुख रहेको परिपत्र फर्जी हो? कि तपाइले नै फर्जी क्याम्पस प्रमुख खडा गरेको हो? प्रश्न गर्दा उनले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नाम कै लागि पठाउनुछ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्न हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङ्गले थपे, ‘कानुनी रुपमा मिल्दैन तर; क्याम्पसको हित हुन्छ। व्यबहारिक रुपमा मिलाउनु पर्छ भन्नुभएपछि मैले पनि हस्ताक्षर गरिदिए।’

 

 

यसै विषयमा क्याम्पस प्रमुख किशोर कुमार साहसंग जानकारी माँग्दा उनले भने, ‘क्याम्पस नै हो। हेर्दै जाउँ के के हुन्छ। यहाँ के के ग¥या छ। केही पतो हुदैन।’  उनलाई यो कसरी हुन गयो त? भनि प्रतिप्रश्न गर्दा उनले ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि कुरा गरौंला’ भन्दै फोन काटेका छन् । पछि क्याम्पस प्र्रमख साहसँग प्रतिक्रिया लिने प्रयास गरेपनि उनी फोन सम्पर्कमा आउन चाहेनन्।

 

 

सञ्चालक समितिका सदस्य चन्दर यादबलाई क्याम्पस प्रमुख फेरिने बिषयमा सञ्चालक समितिको बैठक बस्नु भन्नु भएकाे थियो ।  उनका अनुसार यस बिचमा बैठक नै बसेको छैन। केहि दिन अगाडी बर्दिवासमा क्याम्पसको पञ्च वर्षे योजना सम्बन्धि बैठक बसेको थियो। तर, क्याम्पस प्रमुख फेरिने बारे अध्यक्षले कहिले चर्चा समेत गरेका थिएनन । उनले थपे, ‘यदि क्याम्पस चिफ फेरिएको हो भने यो फर्जी गरिको छ। हामीलाइ केही जानकारी नै छैन।’

 

सोही बिषयमा क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको विषयम कुनै जानकारी नभएको बताए। हामिले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं, यसमा तपाईं के भन्न चाहनु हुन्छ? भन्ने प्रश्नामा मेयर श्रेष्ठले भने, ‘ए त्यस्तो पो गरिएको छ। पख्नुस त म बुझ्छु। पाँच मिनेट पछि म तपाईलाई बुझेर फोन गर्छु;’ भन्दै फोन काटे। पछि उनी सम्पर्कमा आउन चाहेनन्।

 

त्यसैगरी, सोही क्याम्पसका सञ्चालक समितिसदस्य समेत रहेका मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले  भने, ‘म बसेको बैठकमा यस्तो निर्णय भएको छैन। यस विषयमा मैले पनि बुझ्नै पर्छ।’

सोही क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत बिद्यार्थी सुरेश रायले क्याम्पस प्रमुख अहिले सम्म किशोर साह रहेको बताए। उनले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन। तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’

 

 

चारै जना सञ्चालक समितिका जिम्मेवार ब्यक्तिले दिएको प्रतिक्रिया र बिश्वबिद्यालय अनुदान आयोगलाई गरिएको परिपत्रले क्याम्पस प्रमुख किशोर कुमार साह र सञ्चालक समितिका अध्यक्ष सुर्यमान तामाङले बदनियतपुर्वक नै यो फर्जी कागजात तयार गरिएको पुष्टि हुन्छ।

 

बिगत एक दशकदेखि सञ्चालक समितिका अध्यक्ष तामाङ र क्याम्पस प्रमुख किशोर कुमार साहले केही व्यक्तिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर करोडौं रकम हिनामिना गरेको क्याम्पसमै कार्यरत शिक्षकहरु बताउँछन्।  उनले क्याम्पस कै केही प्रध्यापकलाईसमेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको साम्राज्य एक क्षत्र राज्य चलाई रहेको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए।

 

क्याम्पसले गत बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। तर, सोही अवधिमा विद्यार्थी सँग भने १६ देखि १८ हजारसम्म लिने गरेको प्रमाणहरु फेला परेको छ।

 

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको उनीहरूकाे अाराेप छ ।

 

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ। यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको सर्वसाधारणकाे बुझाइ रहेकाे छ। राजनितिक आडमा क्याम्प प्रमुख किशोर साह एक दशकदेखि कानुनलाई लत्याउदै बिना कुनै निर्णयकै क्याम्पस प्रमुखमा बिराजमान छन्।  घतलाग्दो विषय हजारौं विद्यार्थी सङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापाल समेत छैन। लेखा पालदेखि दर्ता चलानिका सम्पूर्णकाम क्याम्पस प्रमुख साहको कब्जामा छ । एकजना पुस्तकालय हेर्न भनेर नियुक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्ने काम गर्छन। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा (सुनसरी),  सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९