मङ्लबार, भदौ ३१, २०८२

माधव नेपालले राैतहटमा विकास नै गरेका रहेनछन्ः एमाले सचिव बिष्ट

रौतहट । नेपाल कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिव गोकर्ण विष्टले साढे २सय ५० वर्ष शासन गरेका शाह वंशिय पूर्व राजालाई फर्काउन असम्भव रहेको बताएका छन्।नेकपा एमाले रौतहट गौरको नवौ नगर अधिवेशन उदघाटन गर्दै उनले राज्य संस्थालाई नेपाली जनताको शान्तिपुर्ण आन्दोलनबाट समाप्त पारेको राजालाई चिहानबाट फर्काउन सम्भव नरहेको बताएका हुन्। लोकतान्त्रिक अभ्यास सबै भन्दा रामे व्यवस्था रहेकोले निरङकुश शासन जनताले अव स्वीकार नगर्ने बताए ।

 

चैत्र १५ गतेका दिन राजा फर्काउने नाममा हिंसात्मक गतिविधि गरेर झन जनता टाढिएको उनले स्पष्ट रुपमा पारेका थिए। बहुदल अगाडी जनताले भोगेका पिडा ,अशान्ति, अधुरो विकास रहेको केन्द्रिय सचिव विष्टले स्मरण गराएका थिए। लाखौ युवाहरुलाई स्वदेशमा फर्काउन, उपचारलाई बलियो बनाउन ,शान्ति सुरक्षाको अनुभुति गराउन ,जनताको जिवनलाई माथि उकास्न  नेकपा एमाले पार्टी लागी परेको बताए ।

 

 

रौतहट–१ बाट ३ पटक निर्वाचित माधव कुमार नेपालले जिल्लाका जनतालाई झुक्याएको बताउँदै नेपालले धेरै काम गरेको होला, विकास गरेको होला भन्ने लाग्थ्यो तर आज रौतहट आउदाँ नेपालले जनताको लागी केही काम नगरेको अनुभुति पाएको केन्द्रिय सचिव विष्टले बताए ।लामो समयसम्म प्रधानमन्त्री समेत रहेका माधव नेपालले रौतहटवासीसँग गदारी गरेको उनको भनाई छ। आउँदा दिनमा नेपाललाई जमानत जफत गरी पठाउन जनतासँग अपिल उनले  गरेका थिए।

 

 

सोही अवसरमा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य अजयकुमार गुप्ताले गौर नगर पालिकाका मेयर शम्भु साहले माटोमा कर लगाएर जनताको भावनासँग खेलवाड गरी रहेको बताए । आफनै खेतबाट माटो ट्रेक्टरमा लोड गरी ल्याउदाँ पनि प्रति टेलर रु ७५ लिने गरेको उनले बताए । आफु मेयर हुदाँ धेरै करहरुलाई छुट दिए पनि आफु नहुदाँ वर्तमान मेयरले माटोमा कर असुली गरी जनतालाई दुःख दिइ रहेको बताए।
सिसवा चोकमा गेट बनाउन लाग्दाँ सडक विभागबाट अनुमति नलिएको कारण सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले गेट बनाउन रोक लगाए पनि गौर नगर पालिकाका मेयर शम्भु साहले एक कार्याक्रममा मलाई दोष लगाएको बताए । रौतहट एकका सांसद माधव कुमार नेपालले पनि जनतालाई ठगेको उनले आरोप लगाएका छन्।

 

 

नगर संयोजक भैरव पटेलको अध्यक्षतामा नेकपा एमालेका केन्द्रिय सदस्य रेखा झा, उद्धव रेग्मी, कुन्दन कुशवाहा, जिल्ला अध्यक्ष सचिदानन्द साह, नगर इन्चार्य श्याम सुन्दर पटेल, जयचन्द्र पटेल  लगायतका वक्ताहरुले सबल नेतृत्वको शुभकामना दिएका थिए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९