काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्।आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। आतंकवाद विरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरेका छन्।
कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...




























































































































































