काठमाडौं । सरकारले यस अघि बसेको मन्त्री परिषद बैठकको निर्णय सार्बजनिक गरेको छ।गत वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय आज सार्वजनिक भएको हो ।सरकारका प्रवक्तासमेत रहेको सुचना, सञ्चार तथा प्रवृधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस बिचमा भएका २९ वाट निर्णय सार्वजनिक गरेका छन् ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने भएकाले सुदुर पश्चिम प्रदेश प्रमुखलाई सोको जिम्मेवारी दिइने । उनी जेठ ५ गते अमेरिका जाँदैछन् ।बन तथा बातावरण मन्त्रालय अन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशष्त्र बन रक्षकलाइ समेत पोशाक उपलब्ध गराइने तथा क्यानडामा हुने ‘ग्लोबल कन्फेरेन्स फर अ कास्ट फ्रि वर्ल्ड, २०२५’ मा जानका लागि राज्य मन्त्री रूपा बिकलाइ पठाइनेलगायत २९ निर्णयहरू छन् ।