अधिकार मागेर होइन, सङ्गठित भएर रणनीतिगत पहलमार्फत पाइन्छः अध्यक्ष चम्लागाईं

काठमाडौं। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आइतबार १७औं स्थापना दिवस मनाएको छ ।नेपाली कांग्रेस निकटको संघले अपाङ्गता भएकाहरुको हक हितका लागि लड्नकै लागि यो संघ गठन गरेको जनाएको छ । संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले शुभकामना सन्देश दिँदै अधिकार मागेर नभइ सङ्गठित भएर, अडानका साथ, रणनीतिगत पहलमार्फत प्राप्त गर्न सकिने बताएका छन् । यसमा आफूहरु हामी पूर्ण सचेत रहेकोसमेत उनले उल्लेख गरेका छन् । सबै अपाङ्गता भएकाहरूलाई लोकतान्त्रिक मूल्य र परिवर्तनको यात्रामा गोलबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गर्दै चम्लागाईंले पवित्र आन्दोलनमा साथ, सहभागिता र विश्वास नै प्रेरणा रहेकोसमेत बताएका छन् ।

 

 

उनले आजको दिनलाई केवल संघको स्थापनाको स्मरण मात्र नभइ अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष, साहस र संकल्पको उत्सव पनि भएको बताए । सन्देशमा उनले लेखेका छन्, ‘२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, जसले मुलुकलाई लोकतन्त्रको नयाँ यात्रामा डोर्‍यायो, त्यस आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो। आन्दोलनका अग्रमोर्चामा ह्वीलचेयर तथा विभिन्न सहायक सामग्रीको भरमा लडेका ती दिनहरू हाम्रो संस्था स्थापनाको आत्मा थिए। परिवर्तनको त्यो यात्रामा हामी केवल सहभागी मात्र होइनौं, परिवर्तनका प्रेरक थियौं।’

 

 

चम्लागाईं अगाडि सन्देशमा भन्छन्, ‘संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ। त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ भन्ने हाम्रो दृढ धारणा हो। यसका लागि हामी राजनीतिक नेतृत्वलाई लगातार झकझकाउने, आवश्यक पहल र संवादमार्फत सहकार्यका ढोका खोल्नेछौँ, र परिवर्तनको आवाज बुलन्द बनाउनेछौँ।’

 

 

अबको योजनाबारे उनी लेख्छन्, ‘गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी (Personal Assistant) सेवा तत्काल शुरु गर्नुपर्नेछ। गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ, र यसतर्फ सरकार गम्भीर रुपमा उन्मुख हुनुपर्छ। नेपालले अनुमोदन गरेका अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, विशेषतः संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धि (CRPD) लगायतका विविध प्रतिबद्धता र घोषणाहरूको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार बन्नुपर्छ। ती प्रतिबद्धता कागजमा सीमित नरही व्यवहारमा लागू हुनुपर्छ, जसका लागि हाम्रो संघ निरन्तर आवाज उठाइरहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९