 
                        सिरहा ।सिरहामा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन् । जिल्लाको लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ  परेका दुबै  जना र उनीहरूले  प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी  कार्यालय  सिरहाका प्रहरी प्रवक्ता तथा  डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी  दिए।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                
































 
                     
                     
                     
                     
                    

























































































































