अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

विश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ। नेपालमा विश्वको कुल भू-भागको ०.०३ प्रतिशत (१,४७,५१६ वर्ग किलोमिटर कुल क्षेत्रफल) क्षेत्रफलमा २२,००० भन्दा बढी प्रजातिहरू छन्, जुन विश्व जैविक विविधताको १.३ प्रतिशत हो।

– प्रकाश रेग्मी

पृष्ठभूमि

मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत श्रृंखलाबिना, हामी स्वस्थ पारिस्थितिक प्रणालीहरू प्राप्त गर्न सक्दैनौं भन्ने तथ्यका साथ सुरू भएको जैविक विविधता संरक्षण अभियान अन्तर्गत अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हरेक वर्ष अंग्रेजी मे महिनाको २२ तारिख मा मनाइन्छ।

असंख्य रंगीन जैविक विविधताले सु-सम्पन्न यस धर्ती साँच्चिकै सुन्दर र मनमोहक छ। संसारको विभिन्न भागमा रहेको विषम हावापानीको कारण विद्यमान धर्तीमा जैविक विविधताले सुन्दर बगैंचाको सिर्जना गरेको छ। जैविक विविधताले पृथ्वीमा रहेका जीवनको विविधतालाई जनाउँछ, जसमा सबै जीवित जीवहरू (वनस्पति, जनावर, फंगी, सूक्ष्म जीव) र पारिस्थितिक प्रणालीभित्र रहेको तिनीहरूको अन्तरक्रियालाई बुझाउँछ। यसले प्रजाति विविधता, आनुवंशिक विविधता र पारिस्थितिक प्रणाली विविधतालाई समावेश गरेको हुन्छ। विद्यमान पारिस्थितिक प्रणाली स्वास्थ्य राख्नको लागि जीव जगतमा रहेको पराग कण प्रक्रिया, माटोको उर्वरता, हावापानी र जलवायु नियमनजस्ता कुराहरूको सन्तुलित उपयोग आवश्यक पर्दछ।

विगत केही दसकदेखि मानिसहरूमा वस्तुहरूको उपभोग गर्ने व्यवहारमा आएको परिवर्तनका कारण पृथ्वीले जीव जगतलाई उपलब्ध गराउँदै आएको स्रोतहरूको उपलब्धतामा असन्तुलन पैदा भएको छ। यसको कारण सबै जीव संसार जगतले विभिन्न किसिमका प्रकोपको सामना गर्नु परिरहेको छ। फेरि अर्को कुरा ‘भावी पुस्ताको लागि पृथ्वी’ भन्ने मानव सोचमा आएको सकारात्मक भावनाले गर्दा पनि जैविक विविधता संरक्षण आजको आवश्यकता बनेको छ।

‘जैविक विविधता’ शब्दलाई सन् १९८६ मा अमेरिकी प्रकृतिविद् तथा जीव विज्ञान विद एडवर्ड ओसबोर्न विल्सनले लोकप्रिय बनाएका थिए। यसलाई सन् १९८८ मा नर्मन मायर्सको अवधारणाले उच्चस्तरको प्रजातिहरूको समृद्धि र यसमा भएका खतराका क्षेत्रहरू पहिचान गर्‍यो। र पछि सन् १९९२ मा रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलनले जैविक विविधता  महासन्धिमा हस्ताक्षर गरी जैविक विविधता संरक्षणको लागि कानुनी रूपरेखा स्थापना गर्‍यो। त्यसपछि नियमित रूपबाट यो दिवस मनाइँदै आइएको छ।

जैविक विविधता संरक्षणका लागि धेरै संस्थाहरू कार्यरत् छन्। तिनीहरूमध्ये अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) एक प्रमुख संस्था हो। यसले प्राकृतिक संरक्षण र अनुसन्धानमा अग्रणी भूमिका खेल्दछ। हाल प्राकृतिक संरक्षणको क्षेत्रमा यस संस्थाको भूमिका अग्रणी स्थानमा छ। त्यसो त यसका बारेमा पनि प्रशस्त आलोचनाहरू पनि छन्। यस संस्थाले प्रकृतिको आवश्यकतालाई तत्कालीन मानिसको आवश्यकता भन्दामाथि राखेर काम गर्दछ भन्ने आलोचना यसमाथि लाग्ने गरेको छ। जे होस् अहिले यो संस्था संयुक्त राष्ट्र संघको आधिकारिक पर्यवेक्षकको हैसियतमा रहेर संयुक्त राष्ट्र संघको निर्णय प्रक्रियाहरूमा, विशेषगरी वातावरणीय मुद्दाहरूसँग सम्बन्धित कुराहरूमा यसको आवाज बुलन्द हुने गरेको छ।

सन् १९४८ पछि लगातार रूपमा प्रकृति संरक्षणको क्षेत्रमा काम गर्दै आएको यस संस्था नेपालमा सन् १९६० देखि काम गर्दै आएको पाइन्छ। आधिकारिक रूपमा सन् १९९५ मा नेपालमा कार्यालय स्थापना गरी जैविक विविधता, वातावरणीय न्याय र दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न सरकार र विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

जैविक विविधताको विश्व सन्दर्भमा नेपाल

विश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ। नेपालमा विश्वको कुल भू-भागको ०.०३ प्रतिशत (१,४७,५१६ वर्ग किलोमिटर कुल क्षेत्रफल) क्षेत्रफलमा २२,००० भन्दा बढी प्रजातिहरू छन्, जुन विश्व जैविक विविधताको १.३ प्रतिशत हो। फूल फुल्ने बिरुवा प्रजातिहरूको मात्र हिसाब गर्ने हो भने नेपाल विश्वमा २७ औं र एसियामा १० औं स्थानमा छ। यसरी कुल क्षेत्रफलमा सानो देश भएर पनि अनुपातिक रुपमा जैविक विविधतामा नेपाल धनी देशमा पर्दछ। यसरी जैविक विविधतामा धनी हुनुमा भौगोलिक विविधता, जलवायुको विविधता, वनस्पतिको धनात्मकता, वन्यजन्तुको विविधता, संरक्षित क्षेत्रहरूको समुचित संरक्षण, युनेस्कोको विश्व सम्पदा क्षेत्रमा पर्नु र राम्रो पारिस्थितिकी सन्तुलन मुख्य हुन्।

जैविक विविधता संरक्षणमा गरिएका प्रयासहरू

विविध पारिस्थितिक प्रणाली र वन्यजन्तुको बासस्थानको संरक्षण गर्न नेपालले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रहरूको सञ्जाल स्थापना गरेको छ।

नेपालले विभिन्न समयमा आवश्यक ऐन तथा नीति नियमहरू तय गरी जैविक विविधता संरक्षण कार्य गर्दै आएको छ। यसै सन्दर्भ्रमा सन् १९७३ मा पहिलो पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन निर्माण गरी त्यसै वर्ष नेपालमा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो र यो निकुञ्ज हाल युनेस्कोको विश्व सम्पदा सूचीमा समेत समाबेस छ।

चितवन राष्ट्रिय निकुञ्ज :  चितवन राष्ट्रिय निकुञ्ज दक्षिण-मध्य नेपालको तराईमा रहेको राष्ट्रिय निकुञ्ज हो। सन् १९७३ मा स्थापना भएको यस राष्ट्रिय निकुञ्जले ९५२.६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो निकुञ्ज जैविक विविधताको लागि परिचित छ। यो निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ। यसको घना जंगल र घाँसे मैदानहरूले एक सिङ्गे गैंडा र बंगाल बाघजस्ता दुर्लभ स्तनधारी जनावरहरूको साथै असंख्य चराका प्रजातिहरूलाई आश्रय दिन्छ। विशेषगरी एक सिङ्गे एशियाली गैंडा, बंगाल बाघ र घढियाल गोहीको लागि बढी प्रख्यात छ।

बर्दिया राष्ट्रिय निकुञ्ज : बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। नेपालको पश्चिमी तराईमा अवस्थित यो निकुञ्ज पारिस्थितिक प्रणालीको संरक्षण गर्ने र बाघको आहाराको लागि शिकारजन्य प्रजातिहरूको बासस्थानको संरक्षण गर्न सन् १९८८ मा स्थापना गरिएको थियो। हाल यस निकुञ्जमा ८३९ प्रजातिका वनस्पतिहरू, विभिन्न प्रजातिका जनावरहरू हुनुका साथै १२५ वयस्क बाघ रहेका छन्।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सन् २००२ मा स्थापना भएको थियो। यो काठमाडौं उपत्यकाको नजिकै उत्तरपट्टी देशको मध्य-पहाडी क्षेत्रमा अवस्थित छ। यसले जम्मा १५९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो निकुञ्ज रातो पान्डा (भालु प्रजातिको जनावर) र चितुवाको लागि प्रख्यात छ।

हिमाली भागका राष्ट्रिय निकुञ्जहरू : नेपालको उत्तरी हिमाली भू-भागमा पूर्वबाट पश्चिमतिर क्रमश: कञ्चनजङ्गा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु-अन्नपूर्ण संरक्षण क्षेत्र, से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपिनाम्पा संरक्षण क्षेत्रहरू रहेका छन्।

बिज बैंकहरू 

बिऊ बैंक भनेको भविष्यको प्रयोगको लागि बिरुवा प्रजातिहरूको आनुवंशिक विविधता संरक्षण गर्न डिजाइन गरिएको भण्डारण पद्दती हो। यो पद्दतीले सामान्यतया नियन्त्रित वातावरणमा वनस्पति वर्गको बिऊ भण्डारण गर्छन् ताकि लोप हुँदै गर्न लागेका प्रजातिहरूको बिऊ संरक्षण र भण्डारण गरी तिनीहरूलाई जीवन्तता कायम राख्न सकियोस् र नयाँ प्रजातिहरू विकास गर्ने वा दुर्लभ प्रजातिहरूको संरक्षण गर्नेजस्ता कामहरूमा प्रयोग गर्न सकियोस् भन्ने कुरा सुनिश्चित होस्। यस्ता कामका लागि नेपाल सरकारले १५ जिल्लाहरुमा समुदाय तहमा विभिन्न गैरसरकारी संस्थाहरूसँग साझेदारी गरी काम गरिरहेको छ।

जैविक विविधता संरक्षणको लागि समकालीन अवधारणा

तराई भू-परिधि अवधारणा : वन्यजन्तु संरक्षण र बासस्थान व्यवस्थापन गर्न राजनीतिक सीमानाको परिधि एक अवरोधक हुन सक्ने सम्भावनालाई उजागर गरी नेपाल सरकार र भारत सरकारको संयुक्त साझेदारीमा चर्चित जीव र भू-परिधि वैज्ञानिकहरूले पूर्वमा नेपालको बागमती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्म जम्मा ११ वटा निकुञ्जहरू र त्यो सँगै विस्तारित वनको करिब ५० हजार वर्ग किलोमिटर क्षेत्रलाई समेटेर तराई भू-परिधि अवधारणा विकास गरेको छ। सन् २००१ देखि निरन्तर रूपमा विषेशगरी पाटे बाघ, एकसिंगे गैंडा, हात्ती, डल्फिन, घडियाल र धेरै थरीका मृगहरूको संरक्षण गर्दै आएको छ।

पवित्र हिमालय भू-परिधि अवधारणा : सन् २००६ देखि नेपाल, भुटान र भारत मिलेर उच्च हिमालय क्षेत्रमा जैविक विविधता संरक्षणमा कार्य गर्न विभिन्न संघ-संस्था जस्तै: इसिमोड डब्लु डब्लु एफ नेपाल र आइयुसिएन मिलेर पवित्र हिमालय भू-परिधिको अवधारणामा काम सुरू भएको छ। यो परिधि लाङटाङदेखि दार्जिलिङ, सिक्किम हुँदै भुटानको टुर्सासम्म ४० हजार वर्ग किमि क्षेत्रफलमा विस्तारित छ। यसको उद्देश्य हिउँचितुवा, रेडपाण्डा, नाउर, झारल, कस्तुरी, ध्वाँसे चितुवासँगै महत्वपूर्ण वनस्पति र करोडौं मानिसको पानीको स्रोत समेतको संरक्षणमा यो धाराणाले काम गरिरहेको छ।

यस्तै, अन्य अवधारणामा पवित्र कैलाश भू-परिधि र चितवन-अन्नपूर्ण भू-परिधि पनि नयाँ अवधारणाका रुपमा अगाडि ल्याइएका छन्। यसरी जैविक विविधता संरक्षणमा एक देशीयभन्दा बहुदेशीय प्रयासले सकारात्मक उपलब्धी हुन सक्ने हुनाले यसतर्फ पनि कामहरु सुरू हुन थालेको पाइन्छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत  दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९