काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।जुन बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने भएको छ।
कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ। संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...


























































































































































