बिधालय शिक्षामा नै गणतन्त्र र लोकतन्त्रवारे पढाउनु पर्छ: एमाले महासचिव

काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका  छन्।पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्काे उपलब्धिबारे पढाउनुपर्नेमा उनको जाेड थियाे ।

 

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लाेकतन्त्र-गणतन्त्र स्थापना भएको हाे भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लाेकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले उल्लेख गरे । उनले त्यहाँ सम्बाेधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लाेकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जाेड दिए ।  याे पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेकाे पनि उहाँले उल्लेख गरे ।
महासचिव पाेखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउनलागेकाे उल्लेख गरे ।

 

जेठ १५ मा मनाउने उत्सव कसैकाे विराेधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताकाे भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेकाे जानकारी दिए । उनले जनताकाे बलिदानी सङ्घर्षबाट प्राप्त लाेकतन्त्र, गणतन्त्र जाेगाउन पनि जनताले याे दिन हाम्रो दिन हाे भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेकाे जानकारी दिए ।

 

लाेकतन्त्रले के दियाे ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई चिर्नुपर्ने उनको भनाइ थियाे ।  लाेकतन्त्र जनताकाे शासन हाे भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेकाे उनको भनाइ थियाे ।राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेकाे र सबैभन्दा  बलियाे शक्ति पनि एमाले नै भएका कारण अहिले सबै भन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियाेजित ढङ्गले भैरहेकाे उनले दाबी गरे ।उनल एमालेकाे उज्यालो भविष्यमाथि भैरहेकाे प्रहारलाई सामना गर्नुपर्नेमा पनि जाेड दिए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९