मदन भण्डारी फाउण्डेसन लम्कीचुहाको अध्यक्षमा जैसी

लम्की । नेकपा एमालेका स्वर्गीय नेता मदन भण्डारीको विचार, योगदान र दृष्टिकोणलाई नयाँ पुस्तामा प्रसार गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मदन भण्डारी फाउण्डेसन, लम्कीचुहा नगर कमिटीको अध्यक्षमा बुद्धिमान जैसी (बसन्त) चयन भएका छन्। शनिबार लम्कीचुहा–८ मा निर्माणाधीन पार्टी कार्यालयमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा लम्कीचुहा इन्चार्ज राम बहादुर बोगटी, जिल्ला सदस्य भद्र भण्डारी, लम्की बहुमुखी क्याम्पसका अध्यक्ष कर्ण बहादुर रावल, नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लिलाजंग शाही, मदन भण्डारी फाउण्डेसनका जिल्ला सचिव मिन बहादुर रावल लगायत पार्टी तथा जनवर्गीय संगठनका पदाधिकारीहरूको उपस्थितिमा आयोजित भेलाले अध्यक्षमा बसन्त जैसीसहित १३ सदस्यीय कार्यसमितिको चयन गरेको हो।

 

समितिको अध्यक्ष बसन्त जैसी चयन भएका छन् भने, उपाध्यक्षमा टेक बहादुर रावल, सचिवमा दिनेश बोहरा र कोषाध्यक्षमा देविसरा भण्डारी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दुर्गा जैसी, दीपिका बिष्ट, राजेश महतरा, बलिराम चौलागाईँ, गोपी बहादुर रावल, प्रेम जोशी, नर बहादुर विक, सिता विक र कल्पना सोडारी चयन भएका छन्। चयन गरिएको नयाँ समितिलाई बधाई तथा शुभकामना दिँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा लम्कीचुहाका इन्चार्ज राम बहादुर बोगटीले जननेता मदन कुमार भण्डारीको विचारलाई नयाँ पुस्तामा प्रचारप्रसार गर्दै पार्टीप्रति आकर्षण बढाउन सफल हुने विश्वास व्यक्त गरे। साथै, इन्चार्ज बोगटीले पुस्तकालय निर्माणमा आफ्नो सक्रिय भूमिका रहने बताए।

 

त्यस्तै लम्की बहुमुखी क्याम्पसका अध्यक्ष कर्ण बहादुर रावलले पार्टीलाई चलायमान राख्न र जिउँदो राख्न फाउण्डेसनको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “आज लम्कीचुहाको मदन भण्डारी फाउण्डेसनको कमिटीमा उचित नेतृत्व आएको छ। यसले आगामी दिनमा हुने निर्वाचनमा महत्वपूर्ण नतिजा दिलाउनेछ।” फाउण्डेसनका जिल्ला सचिव मिन बहादुर रावलले यस कमिटीले सामाजिक कार्यहरू गर्ने विश्वास व्यक्त गर्दै आफू पूर्ण रूपमा सहयोगी रहने बताएका छन्। मदन भण्डारी फाउण्डेसन कैलालीको जिल्ला अधिवेशन आगामी २३ जेठमा हुने भएको छ।

मदन भण्डारी फाउण्डेसन

मदन भण्डारी फाउण्डेसन जननेता मदन कुमार भण्डारीको स्मृतिमा स्थापित एक प्रतिष्ठित सामाजिक संस्था हो, जसको उद्देश्य उनको विचार, आदर्श र बहुदलीय जनवादको दर्शनलाई जीवन्त राख्नु हो। वि.सं. २०५७ मा स्थापना गरिएको यस फाउण्डेसनले शिक्षा, सामाजिक न्याय, नेतृत्व विकास, मानव अधिकार, महिला सशक्तिकरण, र लोकतान्त्रिक मूल्य–मान्यताहरूको प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ।

 

फाउण्डेसनले जनताको बहुदलीय जनवादलाई व्यवहारिक रूपमा समाजमा लागू गर्ने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जस्तै– मदन भण्डारी मेमोरियल कलेज, अनुसन्धान केन्द्रहरू, युवा तथा खेलकुद प्रवर्द्धन, र सीपमूलक तालिमहरू। यस संस्थाले शैक्षिक वृत्तचित्र, पुस्तक प्रकाशन, गोष्ठी तथा सेमिनारहरू पनि आयोजना गर्छ, जसबाट समाजमा विवेकशील नेतृत्व र समावेशी विकासको अवधारणा स्थापित गर्न सहयोग पुग्दछ। नेपालभर विभिन्न शाखामार्फत सक्रिय रहँदै आएको मदन भण्डारी फाउण्डेसन सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणमा समर्पित संस्था हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : संयोजक दाहाल

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताका महान् पर्व छठको पावन अवसरमा आज स्वदेश तथा विदेशमा...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

क्वालालम्पुर, १० कात्तिक (रासस/एएफपी) : व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

मिथिलामा सामाचकेवा पर्व सुरु

महोत्तरी,  महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् । छठको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीकै दिन सामाचकेवा मनाउन थाल्ने परम्परा छ । कात्तिक पूर्णिमासम्म जम्मा ११ दिनको यो पर्वमा...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ,  बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९