
काठमाडौँ । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी यात्रुसँग बढी भाडा लिने ३३१ जना राइड सेयरिङ चालक कारवाहीमा परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार यात्रुसँग बढी भाडा लिने र यात्रुलाई दुख दिएका ३३१ राइड सेयरिङ चालक कारवाहीमा परेका हुन् । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको जनाएको छ ।
सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी राइड सेयरिङ चालकहरुले यात्रुलाई अफलाइनमा मात्र यात्रा गराउने, बढी भाडा लिने र गन्तव्यमा पुर्याएपछि भाडाको बार्गेनिङ गर्ने जस्ता क्रियाकलाप गरेर दुख दिएको देखिएको थियो ।