महासचिव पोखरेलले बताए एमाले नेता कार्यकर्ताको झोलामा के छ ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेता कार्यकर्ताको झोलामा के छ भन्ने प्रश्नको जवाफ दिएका छन् ।हाल एमालेले ‘म झोले हो’ भन्ने सामाजिक सञ्जाल अभियान चलाइरहेका बेला महासचिव पोखरेलले यसै प्रसंगमा सात बुँदे जवाफ दिएका हुन् ।

उनले भनेका छन्-

नेकपा एमालेको नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिः

१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त ।
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नविन मान्यता ।
४ असंलग्नता र पंचशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रीत सन्तुलित परराष्ट्र नीति ।
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता ।
६ जनतासंगको घनिष्ठ सम्वन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा ।
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र ।

महासचिव पोखरेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरागर्नका लागि एमालेको गौरवपूर्ण झोलालाई गौरवका साथ बोक्न आग्रह गर्दै एमालेका विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुवाट नेपाली समाजलाई मुक्तगर्ने अभियानमा लाग्न पनि आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९