
काठमाडौं। प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेकाे छैन ।बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसकेकाे हाे ।संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठकको समय सरेको जानकारी दिएको थियाे ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् ।
सहमति जुटाउनका लागि केही बेर अघिसम्म सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकेन ।