
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा विद्यालयस्तरीय यु–१४ विद्यालय खेलकुद– २०८२ हुने भएको छ ।काठमाडौमा हुने यो खेल जेठ २५ देखि २९ सम्म हुने छ । परिषद्ले विद्यालय तहमा खेलकुदको विकास र प्रतिभा पहिचानका लागि यो प्रतियोगिता योजना गर्न लागेको जानकारी दिएको छ ।
यस प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, टेबलटेनिस, रग्बी, ब्याडमिन्टन र ३*३ बास्केटबल हुने भएका छन् ।विद्यालय तहका प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न यो प्रतियोगिता एक महत्वपूर्ण प्लेटफर्म हुने परिषदले जनाएको छ ।