
दाङ । दाङमा तीन जुवाडे पक्राउ परेका छन् ।घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा तीन जुवाडे पक्राउ परेका हुन् ।सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका–१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको जनाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।