
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन ।नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।