काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएकोले सांसद पद निलम्बित भएको पत्र संसद सचिवालयमा पठाएको छ पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।अख्तियारले नेपालको सांसद पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो ।
भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।संसद चलिरहेको बेला सांसद निलम्बनको पत्र बारे प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराउने व्यस्था रहेको छ ।

























































































































































