मोरङ र रुपन्देहीबाट स्रोत नखुलेको रकमसहित पक्राउ

मोरङ विराटनगर  महानगरपालिका-१६ दरैयाबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित सोही महानगरपालिका-१६ सुडिबस्ती बस्ने ३४ वर्षीय चन्दन कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ६७९६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दन कुमारलाई पक्राउ गरेको हो ।

 

 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?