
ललितपुर। चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।’पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।