आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यापक रुपमा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले उक्त नगरपालिकामा गम्भीर अनियमितता र अपारदर्शी खर्चका विवरणहरू सार्वजनिक गरेको छ।स्थानीय सरकारले मापदण्ड र कानुनी प्रक्रिया उल्लंघन गर्दै करोडौं रकम खर्च गरेको देखिएको छ। प्रतिवेदन अनुसार पालिकाले ३० करोड ८० लाख ३६ हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरी खर्च गरेको छ। यो खर्च पारदर्शी ढंगले नगरिएको, न त कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरिएको प्रमाण भेटिएको छ।

 

 

मापदण्डबिना सहयोग र अनुदान

महालेखा परीक्षकको प्रतिवेदनमा जनाइए अनुसार पालिकाले २० लाख रुपैयाँ बराबरको आर्थिक सहायता कुनै कार्यविधि वा सार्वजनिक सूचनाबिना नै १८५ जनालाई ५ हजारदेखि २ लाखसम्म वितरण गरेको छ। सहायता वितरणमा स्थानीय आवश्यकता मूल्यांकन, पारदर्शी छनोट प्रक्रिया र सामाजिक उत्तरदायित्वको अभाव देखिन्छ।यस्तै, नाफामूलक ८ वटा संस्थालाई कृषि अनुदान वितरण गरिएको छ, जुन स्थानीय शासनको मर्म विपरीत रहेको छ। अनुदान वितरणको आधार, लाभग्राहीको मूल्यांकन र प्रभाव विश्लेषणबिना यस्तो निर्णय गरिएको हो।

 

 

 

कर संकलन र राजस्वमा बेवास्ता

अर्कोतर्फ, पालिकाले आन्तरिक राजस्व प्रणाली मजबुत पार्नेतर्फ चासो नदेखाएको पाइएको छ। पालिका क्षेत्रमा रहेका व्यवसायीहरूको अभिलेख अद्यावधिक गरिएको छैन। जसका कारण करयोग्य व्यक्तिहरू पहिचानमा आउन सकेका छैनन्।यस्तै, पालिका मातहतका ३२ सटरमध्ये ५ वटा सटरवालाले कुल ६ लाख ७४ हजार ८२९ रुपैयाँ दाखिला गरेका छैनन्। जसको उन्मुक्ति वा सहुलियतको कुनै वैधानिक निर्णय पनि देखिँदैन।

 

 

 

ठेक्का प्रक्रिया र खर्चमा अनियमितता

महालेखाले थप उजागर गरेको छ कि पालिकाले प्रतिस्पर्धाबिना नै निजी कम्पनीलाई फोहोरमैला व्यवस्थापनको ठेक्का दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत गरिएको यो कार्यले पारदर्शीता र जवाफदेहितामा प्रश्न उठाएको छ।२० वटा डिपिआर बनाउने नाममा १ करोड ३५ लाख ३४ हजार र ४ वटा परामर्श सेवामा २४ लाख ४१ हजार खर्च गरिएको देखिन्छ। तर, ती परामर्शहरू आवश्यक थिए वा थिएनन् भन्ने स्पष्ट प्रमाण छैन।

 

 

 

कर्मचारी भत्ता र अनधिकृत नियुक्ति

पालिकाले नियमविपरीत १० जना व्यक्ति (सुपरभाइजर, सरसफाइकर्मी, हलुका सवारी चालक, कुचिकार) लाई ज्यालादारीमा नियुक्त गरेको छ। त्यस्तै, बिदाको दिनबाहेकको दिनमा समेत बिदा भत्ता दिइएको देखिएको छ।नगर प्रमुखको टिप्पणीमा आधारित पोशाक खर्च, नगरसभामा २३ लाख १८ हजारको प्रोत्साहन भत्त र खाजाभत्ता हाजिरीबिना वितरणजस्ता भुक्तानीले आर्थिक अनुशासनको अभाव देखाएको छ।

 

 

 

कार्यक्रम खर्च र भ्रमणमा फजुल खर्च

पालिकाले तालिम, गोष्ठी, सेमिनारजस्ता शीर्षकमा मापदण्डभन्दा बढी भुक्तानी गरेको छ।यस्तै, कार्यक्रम आफ्नै हलमा गर्न सकिने भए पनि होटल प्रयोग गरिएको छ। भ्रमणका नाममा मात्र ३७ लाख २४ हजार ४९९ रुपैयाँ खर्च गरिएको छ ।

 

 

 

जर्सी वितरणमा समेत लापरबाही

महालेखाको प्रतिवेदनले थप उल्लेख गरेको छ कि २०१ जनालाई वितरण गरिएको खेलाडी जर्सीमा कतिपय व्यक्तिको नाम दोहोरिएको छ र खेलाडीहरूको हस्ताक्षर समेत एउटै देखिएको छ।मेयर जीवन खत्रीले भने महालेखा प्रतिवेदनमा लेखिएजस्तो अनियमितता नभएको बताएका छन्। उनले प्रशासनिक र कर्मचारीका कुरामा भएका प्रक्रियागत त्रुटि सच्याइने बताए।‘अनियमितता गरे कारबाही भइहाल्छ। नियमभन्दा बाहिर जान सकिँदैन। प्रशासनिक र कर्मचारीको कुरामा अलि हतार र आवश्यकताका आधारमा निर्णय गर्दा प्रक्रिया नपुगेको हुन सक्छ, त्यो हामी सच्याउँछौं,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत  दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९