शुक्रबार, भदौ २७, २०८२

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिव । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ । यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।

 

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको छ ।  र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो । वास्तवमा, नेतान्याहु र उनको परिवारका केही तस्विरहरू  सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकी देश युद्दको चपेटामा परिरहेको छ ।

गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तिब्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्। उही समयमा जब नेतान्याहु परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रबार इरानमा आक्रमण गर्‍यो। जवाफमा, इरानले पनि सयौं ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजालगायतमा बिनाशकारी हमला गरेको थियो ।

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९