किसानलाई मलखाद र बिउँबिजन उपलब्ध गराउन आजपाको माग

सर्लाही। आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो । आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसँग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् । समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गराउनुपर्ने, अन्नदाता किसानलाई सम्मान सहित पेन्सनको व्यवस्था गर्नुपर्ने, कृषि बिमा तत्काल लागु गर्नुपर्ने, पर्याप्त एवम् सहज रुपमा सहुलियत कृषि ऋण उपलब्ध गराउनु पर्ने, कृषी उपकरण ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, कृषी विद्युतिकरण पूर्ण निःशुल्क गर्नुपर्ने, किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

यसैगरी, प्राकृतिक प्रकोपबाट हुने क्षतिका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, भुमिहीन किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने, लगायतका माग रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जनकपुरधाम, मधेश प्रदेशका साथै सर्लाही जिल्लाका सम्पूर्ण स्थानीय सरकारहरुलाई ज्ञापनपत्रको बोधार्थ आजपाले पठाइएको छ ।

‘के आफ्नो पसिना र पौरखले सबैका लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुःख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? कृषीमा सुधार नै नगर्ने हो भने संवैधानिक हैसियतको ७६१ ओटा सरकार र तीनका संयन्त्रहरुको आवश्यकता र औचित्य के हो ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक कथित व्यवस्था परिवर्तन भयो तर किसानहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा कृषकहरु नै कृषी पेशाबाट किन पलायन हुँदैछ ? के किसानको अवस्थामा सुधार बिना देशको समृद्धि र विकास सम्भव छ ?,’ आजपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

नेपालमा लगभग प्रत्येक वर्ष नै यूरिया मलको हाहाकार हुन्छ तर विभिन्न जोरजाम गरेर किसानहरुले मित्र राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट मल ल्याउँदा पनि प्रहरी र भन्सार प्रशासनले जनताको सम्पति सम्बन्धी मौलिक हक हनन हुने गरि कमिशनको चक्करमा जफ्त गर्नु कतिको न्यायोचित हो रु आजपाले सरकारसंग प्रश्न गरेको छ ।

‘असारे खेती सुरू भैसक्दा समेत हालसम्म मलखादको समुचित प्रबन्धको सुनिश्चितता समेत नहुनु दुःखद कुरा हो । यसर्थ, आम किसानहरुलाई समयमै  युरिया मलखादको पर्याप्त उपलब्धता सहितको उल्लेखित मागहरु सरकारसंग जोडदार रुपमा प्रस्तुत गर्दछौं । साथै, कृषकहरुको न्यायोचित मागहरुलाई स्थानीय प्रशासन तथा राज्यले गम्भीरतापूर्वक नलिएमा र कार्यान्वयन नगराएमा हामी चरणबद्ध रुपमा सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने र त्यसबाट सृजित हुने क्षति एवम् परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयं राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रूपमा अवगत गराउँदै यो ज्ञापन–पत्र पेश गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आजपा प्रवक्ता सीबी साहका साथै आजपा नेताहरु रेहाना खातुन, सुरेश महतो, सुनिल गुप्ता, डा. शैलेन्द्र यादव, नसरुदिन मंसुरी, पुनिताकुमारी महरा, विक्रम पासवान, नन्दकिशोर साह, मुकेश पासवान, मिन्टु देवी लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९