शुक्रबार, भदौ २७, २०८२

प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा पुनः उत्कृष्ट, देशको ‘टप फाइभ’

रौतहट। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेश प्रदेशमा पुनः उत्कृष्ट बनेको छ भने देशको ‘टप फाइभ’ अस्पतालको सूचीमा कायमै रहेको छ।मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्यांकनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो।

 

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ९१ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये ‘टप फाइभ’ मा कायम रहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।

 

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमलगायत विभिन्न निकायका ११ सदस्यीय टोलीले प्रादेशिक अस्पताल गौरको सूक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण गरी सोमवार निष्कर्षमा पुगेको थियो।अनुगमन निरीक्षण पश्चात सोमबार साँझ अस्पतालको सभाकक्षमा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

 

 

न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्य कर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अप्रेसन कक्ष, शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।

 

 

कार्यक्रममा वक्ताहरूले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पतालको नामले परिचित भएको थियो। तर वर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुपरीटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

 

 

कार्यक्रममा स्वास्थ निर्देशनालयका नर्सिङ प्रशासक सुनिल गुप्ता, नारायणी अस्पताल बिरगंजका नर्सिङ प्रशासक श्रुती साह, मेडिकल अधिकृत डाक्टर इन्द्रजीत रजक, प्रादेशिक अस्पताल मलंगवाका कन्सलाटेनट डाक्टर अशोक यादव, मधेश स्वास्थ मन्त्रालयका डेन्टल सर्जन डाक्टर सुरज गुप्ता, स्वास्थ निर्देशनालयका सुरेन्द्र चौधरी, प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापक प्रिया झा, रौतहटका सिडियो बिनोद कुमार खडका, रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरी, सशस्त्रका एसपी सन्तोष कुमार बस्नेत,मेसु डाक्टर मुरारी ठाकुर, अध्यक्ष व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी,स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेश प्रदेश एम एम एस स्कोरिङ टिमका पदाधिकारीहरू लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। यस अघि गत फागुन ६ गते ८९ अंक ल्याएर प्रादेशिक अस्पताल गौर प्रदेशमा उत्कृष्ट तथा देशमै टप १० को सुचिमा परेको थियो।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९