बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका(७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्यामकुमारलाई काठमाडौं महानगरपालिका–१४ खसीबजारबाट पक्राउ गरेको हो ।

 

साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका –१६ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?