काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक बस्न लागिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ।
बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

























































































































































