काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैँछ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । सो बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ। उनका अनुसार अबको रणनीतिका बारेमा छलफल हुनेछ ।

























































































































































