काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

काबुल । के अफगानिस्तानको राजधानी काबुल आगामी पाँच वर्षमा पानी सकिने पहिलो राजधानी सहर बन्न लागिरहेको छ ? यदि हामी गैर लाभकारी संस्था मर्सी कॉर्प्सलाई विश्वास गर्छौं भने जवाफ हुनेछ, हो । मर्सी कोर्प्सले आफ्नो एउटा रिपोर्टमा काबुलमा पानीको अभाव भएकोमा चिन्ता व्यक्त गरेको छ। यसले जलवायु परिवर्तन र दशकौं लामो द्वन्द्वले काबुलको पानीको समस्यालाई गहिरो बनाएको उल्लेख गरेको छ। यदी यो बेलैमा समस्या समाधान नभएमा लाखौं मानिस विस्थापित हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

 

यस वर्ष अप्रिलमा प्रकाशित एक रिपोर्टले काबुलको भूजल स्तर पछिल्लो दशकमा २५–३० मिटर (८२–९८ फिट) ले घटेको बताएको छ। यसका कारण पानी निकासीले प्राकृतिक पुनःपूर्ति क्षमता ४४ मिलियन घनमिटर (१,५५३ घनफिट) नाघेको छ।प्रतिवेदनका अनुसार यो क्रम जारी रह्यो भने २०३० सम्ममा काबुलको भूमिगत पानीका स्रोतहरू सुक्नेछन्, जसका कारण अफगानिस्तानको राजधानीको अस्तित्व नै खतरामा पर्नेछ ।

 

मर्सी कोर्प्स अफगानिस्तानका निर्देशक डेने करीले संकटलाई प्रकाश पार्दै भने, ‘पानी अभावको अर्थ मानिसहरू भाग्न बाध्य हुनेछन्, अफगानिस्तानका जनताका लागि ठूलो बसाइ सराइ र ठूलो कठिनाइ हुनेछ।’ प्रतिवेदनमा युनिसेफले अनुमान गरेको छ कि काबुलका लगभग आधा भूमिगत बोरवेलहरू, जुन बासिन्दाहरूको लागि पिउने पानीको प्राथमिक स्रोत हो, पहिले नै सुकिसकेका छन् ।

त्यसो त काबुलको जनसंख्या सन् २००१ यता सात गुणाले बढेको छ। जसका कारण अपर्याप्त पूर्वाधार र प्रशासनका कारण पानी व्यवस्थापन जटिल बन्दै गएको छ। पञ्जशिर नदी खानेपानी पाइपलाइन आयोजनाले २० लाख जनतालाई पानी पु¥याउन सक्छ तर त्यसका लागि बजेट र सहयोग चाहिन्छ । ‘काबुलले अहिले पनि पानीको संकटको सामना गरिरहेको छ, जहाँबाट तत्काल कदम चालिएन भने त्यहाँबाट फर्किने सम्भावना छैन,’ जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले चेतावनी दिदै भने ।

वर्षामा कमी

मर्सी कॉर्प्सको चेतावनीले आउँदो दशकमा काबुलमा हुने विनाशकारी खडेरीलाई रोक्न तत्काल अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी स्थानीय शासनको लागि आह्वान गरेको छ। पछिल्ला वर्षहरूमा वर्षा पनि तीव्र रूपमा घटेको छ। काबुलको भूमिगत पानी भर्ने नदीहरू हिन्दुकुश पहाडहरूबाट पग्लने हिउँ र ग्लेशियरमा निर्भर छन्। तर, अक्टोबर २०२३ देखि जनवरी २०२४ सम्म अफगानिस्तानमा सामान्य रूपमा ४५ देखि ६० प्रतिशत मात्रै वर्षा भएको थियो।

 

सहरको अन्त्य नजिक

जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले राजधानी कहिले सुक्छ भन्न नसकिने बताए तर काबुलमा पानीको समस्या गम्भीर रूपमा रहेको भने उनले स्वीकार गरेका छन् ।  ‘अन्तिम इनार कहिले सुक्छ भनेर कसैले दाबी गर्न सक्दैन तर हामी जान्दछौं कि जति भूमिगत पानीको स्तर घट्दै जान्छ, गहिरो भूमिगत पानी भण्डारणको क्षमता घट्छ। भूमिगत पानीलाई घट्दै गरेको कचौराको रूपमा कल्पना गर्नुहोस्, हामीलाई थाहा छ कि यसको अन्त नजिकै आइसकेको छ,’ उनले भने।

 

गरिबहरू सबैभन्दा बढी मारमा

असिम मेयर, जलस्रोत व्यवस्थापन विशेषज्ञ र काबुल पोलिटेक्निक युनिभर्सिटीका पूर्व लेक्चररले भने, “पानी संकटले शहरका धनी र गरिब मानिसहरूबीचको खाडललाई उजागर गर्छ। धनी बासिन्दाहरूले गहिरो बोर होलहरू खन्न खर्च गर्न सक्छन्, जसले गरिबहरूको पहुँचलाई सीमित गर्दछ। यो संकटले सबैभन्दा पहिले गरिबहरूलाई असर गर्छ।’

 

पानी जम्मा गरेर बित्यो जीवन

काबुलमा रहेको जलवायु संरक्षण एनजीओ, पर्यावरण संरक्षण प्रशिक्षण र विकास संगठन (इपीटिडिओ) का निर्देशक अब्दुलहादी अचकजाई भन्छन् कि यस विभाजनको संकेत सार्वजनिक पानीको धारा वा निजी पानी सङ्कलन गर्नेहरू बाहिर लामो लाइनहरूमा स्पष्ट देखिन्छ। रिबेका बासिन्दाहरू, जसमा प्रायः बच्चाहरू समावेश छन्, निरन्तर पानीको स्रोत खोज्न बाध्य छन्। उनले भने, ‘हरेक साँझ, राति अबेरसम्म कामबाट घर फर्कँदा हातमा सानो डिब्बा लिएर पानी खोजिरहेको देख्छु, उनीहरु निराश देखिन्छन्, अध्ययन वा सिक्नुको ट्टा घरका लागि पानी जम्मा गरेर जीवन बिताइरहेका छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

गलकोट (बागलुङ),  नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गर्नुभएको छ । उहाँले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताउनुभयो । सो अस्पतालले हाल ६० जना मिर्गाैला पीडितलाई नियमित...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९