Baigyanik Media

Advertisement

Skip Ad

सुनपहेंलेले खुइलीलाई ताकेपछि ‘गाँवै रमाइलो’मा भयो बबाल!

काठमाडौं – नयाँ हास्स शृंखला ‘गावैं रमाइलो’ले आफ्नो छैटौं भागको यात्रा पूरा गरेको छ।  कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला गत जेठ १५ गते ल्याएका थिए।उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण भइरहेको छ।

 

 

सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु बोकेको यस शृंखलाले दर्शकको मन निरन्तर जितिरहेको छ।छैटौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मेहनत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्य-व्यंग्यलाई अझै परिस्कृत गरी रोचक विषयवस्तुमा आधारित भएर आगामी शृंखला ल्याउने तयारी छ।’हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ।

 

 

छैटौं शृंखलामा आइपुग्दा कलाकार यासेली योङहाङ, पुष्पाञ्जली तिलिङ र सुवास घिसिङ थपिएका छन्। यासेली र तिलिङ किराँतहरूको मौलिक संस्कृति र सभ्यतामा देखिएका छन्। घिसिङ यासेलीका मित भएर भित्रिएका छन्।भर्खरै जेलबाट छुटेको भूमिकामा देखिएका घिसिङ जब मितको घर आउँछन्, आफ्नै यौवनकाल जेलमा बिताएकाले बिहे गर्न नपाएको भन्दै युवतीको खोजीमा हुन्छन्।

 

 

अनुहारभरि पहेंलपुर सुनका गहना लगाएका सुनपहेंले घिसिङलाई मित यासेलीले नवीना सिलवाल ‘खुइली’लाई देखाउँछन्। त्यही क्रममा घिसिङले खुइलीका भाइ नेत्रविक्रम खड्का भेटिन्छन् र विदेश जाने तयारीमा रहेको मौकामा अमेरिका पठाइदिने भन्दै सुनै-सुनको लोभ देखाउँछन्। सो कार्यमा यासेलीले आफ्ना मितलाई साथ दिइरहेका हुन्छन्।

 

 

 

आफू अमेरिका जाने र दिदी सुनले लुटपुटिने लोभमा परेर एनबीले दिदीलाई जेलबाट छुटेका घिसिङसँग बिहेको प्रस्ताव लिएर जान्छन्। सो कुरा अस्वीकार मात्रै नगरेर खुइलीले भाइलाई किलो बोकेर लखेट्छिन्।रोचक पारामा यो प्रस्तुति जारी रहँदा निर्माता तथा कलाकार जयकुमार थापा महिला कलाकार चन्दा बिडारीसँग ठोक्किन्छन्। घाँस काटिरहेकी बिडारीले भने त्यस घटनाको अनर्थ लगाएर समाज बटुल्न खोज्दाखोज्दै उक्त भाग सकिएको छ।

 

 

‘अर्को भाग त्यसपछिको घटनाक्रमसँग जोडिएर अझै गहकिलो र रोचक तरिकाले ल्याउँछौं,’ निर्माता तथा कलाकार थापा भन्छन्।‘गाँवै रमाइलो’ शृंखलाले समाजबाट पछि परेका व्यक्तिहरूको प्रतिनिधिमूलक कथा बोकेको थापाले जानकारी दिए।‘गाँवै रमाइलो’का निर्माता जयकुमार थापा र नदिश मानन्धर हुन् भने परिकल्पनाकार जयकुमार थापा हुन्। यसका लेखक तथा निर्देशक कलाकार नेत्र राउत हुन्।

 

 

यो टेलिचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। कलाकारको रूपमा निर्माता तथा परिकल्पनाकार थापा आफू पनि अभिनयमा देखिन्छन्।यसैगरी, वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मणविक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङको अभिनय देख्न सकिने छ।

 

 

शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्।यस्तै, आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्। थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हास्य टेलिचलचलित्र ल्याएका थिए। ती हास्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए।

 

 

यस्तै, जयकुमार थापा र सुजित थापाको नेतृत्वमा अर्को टेलिशृंखला ‘तारा’ बजारमा ल्याउने तयारी रहेको छ।निर्माता थापा एभरेष्ट बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले बैंकमा कार्यरत् रहँदै ‘लोड्सेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’,जस्ता टेलिसिरिल बजारमा ल्याएका थिए। यस्तो छ छैटौं शृंखला

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विराटनगरमा हस्तकला प्रदर्शनी हुँदै

विराटनगर, महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यरत ‘विन च्याप्टर मोरङ’ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ । वीरेन्द्र सभागृह अगाडिको ‘युमेन इन्टरप्रेनर्र्स ग्यालरी’मा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त ग्यालरी कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र हो । यसको स्थापना...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

म्याग्दी (बेनी), अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९