लम्की खानेपानीको योजना शिलान्यास : खानेपानीको समस्या स्थायी रुपमा सामाधन हुने

लम्की ।  कैलालीको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि. लम्कीको महत्वकांक्षी योजना ‘कर्णालीको पानी लम्कीवासीलाई’ दोस्रो चरणको कामको आइतबार शिलान्यस भएको छ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही, लम्की खानेपानी संस्थाका अध्यक्ष तेज बहादुर चलाउने लगायतको उपस्थितिमा उक्त आयोजना शिलान्यस गरेका हुन् ।

२९ करोड लागतमा निर्माण हुन लागेको योजनाको शिलान्यास गर्दै मन्त्री यादवले लम्कीचुहा नगरपालिकाको खानेपानीको समस्या स्थायीरूपमा सामाधान गरिने बताएका छन् ।

‘लम्कीचुहा नगरपालिकामा आज मैले आयोजनाको उद्घाटन गर्दा मैले सम्मान सहित गहिरो जिम्मेवारी महसुस गरेको छु । सामाजिक न्याय र समावेशी तरिकाले हामीले काम गरिरहेका छौँ,’ मन्त्री यादवले भने, ‘हामी घोषणा भन्दा पनि कार्यान्वयनमा ध्यान दिन्छौँ । लम्कीचुहा नगरपालिकामा आज दोस्रो चरणको कामको लागि शिलान्यास गरेका छौँ । लम्कीचुहा नगरपालिकाको खानेपानीको समस्या स्थायी रुपमा सामाधन हुने छ ।

साथै, मन्त्री यादवले लम्कीचुहा नगरपालिकामा ढल निर्माण तथा नाला व्यवस्थापनका लागि लम्कीचुहा नगरपालिकाले गरेको आग्रहलाई स्वीकार गर्दै ७७ करोड रूपैयाँ योजनालाई एशियाली विकास बैंक(एडिवि)मा पठाइसकेको र उक्त योजना ठेक्का हुने चरणमा रहेको समेत जानकारी दिए ।

कार्यक्रमकी विशिष्ट अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले लम्कीचुहा नगरपालिका र खानेपानी मन्त्रालयको पारिवारिक सम्बन्ध जस्तै रहेको बताइन् । आमपानीमा सानो ट्यांकीबाट सुरुवात भएको लम्की खानेपानीको योजनालाई चुनावमा बाचा गरेजस्तै कर्णालीको पानी लम्कीवासीलाई कार्यान्वयनमा भूमिका खेल्ने मन्त्री यादव र मन्त्रालय धन्यवाद व्यक्त गरेकी छन् ।

त्यस्तै लम्की साना सहरी खानेपाी उपभोक्ता तथा सरसफाइ सँस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले खानेपानी आयोजनको शिलान्यस केवल एउटा संरचना निर्माणको आरम्भ मात्र नभएर लम्कीचुहावासीको स्वास्थ्य, स्वच्छता र समृद्धिको शिलान्यस भएको बताए ।

‘वि.सं. २०४९ बगर्दा खानेपानीको रुपमा भई १ सय २० धाराबाट सुरुवात भएको आयोजनाको २०६२ सालमा कुल आयोजनाको ५० प्रतिशत नेपाल सरकारको अनुदान, ३० प्रतिशत नगर विकास कोषबाट ऋण र बाँकी उपभोक्ताबाट २० प्रतिशत नगद तथा श्रमदान गरि कुल रकम ७ करोड ९१ लाख ४१ हजार ९ सय ५३ संरचना निर्माण गर्ने गरि लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ सँस्था नामाकरण गरी सञ्चालनमा आएको हो,’ अध्यक्ष चलाउनेले भने, ‘पानीमा अध्याधिक चुनाका कारण समस्या उत्पन्न भएकाले कर्णालीको नदीको पानी ल्याई वितरण गर्ने योजनालाई ०७६ सालमा डीपीआर गरी २०८० सालबाट कामको सुरुवात भएको छ । त्यसतै अनुसार पहिलो चरणको काम सम्पन्न भएर दोस्रो चरणको कामको लागि आज शिलान्यास भएको छ । खानेपानी आयोजनको शिलान्यस केवल एउटा संरचना निर्माणको आरम्भ मात्र नभएर लम्कीचुहावासीको स्वास्थ्य, स्वच्छता र समृद्धिको शिलान्यस पनि हो ।’

पहिलो चरण अन्तरगत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्यांकी र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख ढकालका बताउँछन् ।

शिलन्यास हुने दोस्रो चरणको कामको ठेक्का सम्झौता भइसकेको छ ।

कार्यालय प्रमुख जगनाथ ढकालका अनुसार आज शिलान्य भएको आयोजनको लागि सुप्रिम जय माता जे.भी. काठमाण्डौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा ठेक्का भएको छ । २०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुईवटा ओभर हेड ट्यांकी, पानी प्रशोधन केन्द्र, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुने छ । । यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अब तेस्रो चरणको काम हुन बाँकी छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई योजनाले पूर्णता पाउने छ, र १५ हजार घरधुरीमा २४ सैं घण्टा कर्णालीको पानी लम्कीवासीका घरको धारामा पुग्ने छ ।

२०७६÷७७ सालमा लम्कीचुहा नगरपालिका अन्तरगतको वडा नं. १,२,३ को बल्चौर,व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पुगाउने उदेश्यका साथ डीपीआर गरिएको थियो । तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो ।

कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी सँस्था र बाँकी रहेको ५ प्रतिशत सम्बन्धि स्थानीय सरकारले व्यहोर्ने गरि सह लागनीमा योजनाको निर्माण भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९