एमाले केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)

काठमाडौं। नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?