काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका सिफारिस गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार यसरी बढुवाका लागि सिफारिस भएका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन ।
गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...