Baigyanik Media

Advertisement

Skip Ad

बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।

 

– प्रकाश रेग्मी

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो।

 

 

सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्यांकनले नेपाललाई दसौं अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दाबढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बंगलादेश (सातौं) पाकिस्थान (आठौं) र थाइल्याण्ड (नवौं) स्थानमा छन्।

 

 

नेपालको हिमाली भागमा रहेका हिमतालको बिस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल बिस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल बिस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठूलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल बिस्फोट हुँदा भोटेकोशी नदीमा ठूलो बाढी आउँदा झण्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।

 

 

हिमताल बिस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो।

 

 

यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्वचेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो बरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।

 

 

चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषणछनोट गरिएका चार हिमतालहरूको नक्शा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्शाहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।

 

 

१. थुलागी हिम ताल :

मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिमपहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठूलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ।  यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनास्लु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टी मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिमपहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययान अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।

 

 

थुलागी ताल मनास्लु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौंबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जलग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एण्ड नेचुरल रिसोर्सेस र नेपालको जलविज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घनमिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घनमिटर थियो।

 

 

यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबड हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको सेटलाइट नक्शा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्शाले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।

 

 

२. हिङ्कु हिमताल

हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र संखुवासभा जिल्लामा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौंबाट १६४ किलोमिटर उत्तरपूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टी फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोशी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।

 

 

सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

 

 

३. लुम्दिङ हिम ताल

दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटोछिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुब्बु जिल्लाको खुम्बु पासाङ लामु गाउँपालिकामा पर्दछ। काठमाडौंबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।

 

 

लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा  उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७  वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।

 

 

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

 

 

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बीचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टीको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्शामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्शामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।

 

 

४. तल्लो बरुण हिमताल

विभिन्न अनुसन्धानहरूले तल्लो बरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्‍याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिमपहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौंबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।

 

तल्लो बरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै बरुण उपत्यकामा अवस्थित एक ठूलो, गहिरो र द्रूत गतिमा फैलिरहेको हिमताल हो। तल्लो बरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रूत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।

 

 

उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ।  यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमीटर लम्बिएको देखिन्छ।  अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।

 

 

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालाको मर्साङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आवादी हुनाको साथै तीन वटा ठूला जलविद्युत परियोजना (उपल्लो मर्साङ्दी, तल्लो मर्साङ्दी र मर्साङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।  बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आवादी हुनाको साथै चार वटा ठूला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९