गणेशपुरको पोलमा ट्रक ठोकिनु पछाडिका कारण के हुन् ? रेडियम टेपको अभावले थपियो जोखिम!

लम्की । गत शनिबार राति करिब १० बजे लम्कीचुहा–२ गणेशपुरस्थित पूर्व–पश्चिम राजमार्गमा एक मालवाहक ट्रक बीच सडकमा रहेको हाइमास्ट लाइटको पोलमा ठोक्किएको थियो । कञ्चनपुरबाट पूर्वतर्फ गइरहेको सुप्र ०१००१ ख २७८१ नम्बरको ट्रक अन्धकार र वर्षाको बीचमा सो पोलमा ठोक्किँदा ट्रकको अगाडिको भागमा क्षति पुगेको थियो । पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सहचालक सामान्य घाइते भएका थिए ।

सो दुर्घनापछि आखिर सडकको बीचमा रहेको पोलमा कसरी ट्रक ठोकियो भन्ने चासो बनेको छ । यसमा हामीले केही कुराको जवाफ खोज्ने गर्ने प्रयास गरेका छौं ।
सबैभन्दा पहिला त हाइमस्ट लाइट पोल राखिएको स्थान कानुनसम्मत ठिक छ की छैन् ? भन्ने हो । यो सम्बन्धमा सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिस प्रसाद जोशी राजमार्गको क्षेत्रमा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने बताउँछन् ।

कानूनमा समेत ‘सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन ।’ भन्ने व्यवस्था गरेको छ ।

त्यसो भए लम्कीचुहा नगरपालिकासँग सडको बीचमा अथवा सडकको सीमा हाइमस्ट लाइट पोल राख्ने अनुमति छ की छ्रैन् ? भन्ने प्रश्न रहन्छ । यसमा विषयमा पुनः सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिस प्रसाद जोशी भन्छन्, ‘हामीसँग अनुमति नै नलिएर त्यहाँ(लम्कीचुहा नगरपालिका)मा सडकको बीचमा पोल राखिएको रहेछ । त्यो मिल्दैन् । यस सम्बन्धमा हामीले लम्कीचुहालाई पत्राचार गरिसकेका छौँ ।’

अब हामी ड्राइभरले बीच बाटोमा रहेको पोल देखेको देखिनन् भन्ने प्रश्नको जवाफ खोजौं । यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय, लम्कीमा गएर ट्रक चालकलाई हामीले दुर्घटना कसरी भयो भनेर सोधेका थियौं ।

चालकले जवाफ दिदै भने, ‘पानी निकै जोरले परिरहेको थियो। सडक खाली थियो । ट्रकको हेडलाइटले धेरै परसम्म देखाउँथ्यो, तर भारी पानी परेका कारण तीन–चार मिटरभन्दा टाढा देखिन सक्दैनथ्यो । पोल देखिन सकेन, एक्कासी ठोक्किए जस्तो आवाज आयो ।’

उनले थपे, ‘यदि पोलमा रेडियम टेप वा रिफ्लेक्टर टाँसेको भए म त्यो देख्न सक्थें । बत्ती पनि निभेको थियो, पोल देख्नै सकिएन ।’

ट्रक पोलमा ठोकिनुमा मानवीय कारणसँगसँगै साघुँरो सडक पनि एक कारण रहेको स्थानीय बताउँछन् । ‘राजमार्ग नाम मात्रका जस्ता राजमार्ग लाग्छ हाम्रा देशका राजमार्ग । जम्माजम्मी ७ मिटर चौडाई छ पूर्वपश्चिम जोड्ने यो राजमार्गको ।’ स्थानीय भन्छन्, ‘त्यसै सडकको बीचमा पोल राख्दा सडक झन् साघँुरो बन्न पुगेको छ । यसले दुर्घटना हुने जोखिम बढाएको छ ।’

रेफ्लेक्टिभ टेपको अभाव, लम्कीचुहाका धेरै पोलमा छैन सुरक्षा संकेत

सडक मापदण्ड, २०७० अनुसार सडकका पोल, डिभाइडर र संकेत बोर्डहरूमा रेफ्लेक्टिभ टेप वा स्टिकर प्रयोग गर्नु अनिवार्य छ । यस्तो टेप अँध्यारोमा सवारीको हेडलाइट परेपछि चम्किन्छ र संरचना सजिलै देखिन्छ ।
तर लम्कीचुहाका अधिकांश पोलमा यस्तो सुरक्षा उपाय छैन । गणेशपुरमा भएको दुर्घटना यसको प्रत्यक्ष उदाहरण हो, जहाँ पोल सडकबीचमा थियो, बत्ती निभेको थियो, र रिफ्लेक्टर पनि थिएन । यसले दुर्घटना निम्त्याउन सहज बनायो ।

रेफ्लेक्टिभ टेप के हो ?
रेफ्लेक्टिभ टेप वा स्टिकर -Reflective Tape-Sticker_ भन्नाले यस्तो सामग्रीलाई जनाइन्छ, जुन अन्धकार वा कम प्रकाशमा पनि प्रकाश (लाइट) परेपछि चम्कने क्षमता राख्दछ । यो विशेष किसिमको टेप वा स्टिकर retro–reflective material बाट बनेको हुन्छ, जुन गाडीको हेडलाइट वा अन्य उज्यालो स्रोतबाट आएको प्रकाशलाई सोही दिशामा फर्काएर फर्काउँछ, जसले रातको समयमा देख्न सजिलो बनाउँछ ।

गणेशपुरको दुर्घटना केवल मौसमीय कारण मात्र होइन, सडक सुरक्षा लापरवाही र कानुनी मापदण्डको उल्लंघन पनि हो ।
बिना अनुमति सडकको बीचमा पोल राखिएको, त्यसमा रेडियम टेप जस्ता आवश्यक सुरक्षा चिन्ह नलागिएको, र वर्षा–अन्धकारको बेला ट्रक चालकलाई पोल नदेखिनु यी सबै मिलेर दुर्घटनाको जोखिम बढाएको देखिन्छ । अब सरोकारवाला निकायले पोलको पुनरावलोकन गर्दै, रेफ्लेक्टिभ टेप अनिवार्य रूपमा टाँस्ने, अवैध पोल हटाउने, र सडक सुरक्षाको मापदण्ड पूर्ण पालना गराउने आवश्यक देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९