Baigyanik Media

Advertisement

Skip Ad

डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी

रौतहट। हालका दिनमा लागूऔषधको ‘ट्रान्जिट’ मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ।डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ।

सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति
नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध मधेश प्रदेश हुँदै भित्रिनु तथा त्यहीँबाट वितरण हुनु प्रदेशलाई ‘ट्रान्जिट हब’ बनाएको छ।

 

एक वर्षमा २३ करोड बराबरको लागुऔषध बरामद
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, गएको एक वर्षको अवधिमा मात्रै करिब २३ करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरिएको छ।
गाँजाः १५हजार,४४२ किलोग्राम (मूल्य १८ करोड ६० लाख)
चरेसः ५ सय ०८ किलोग्राम (मूल्य १ करोड ११ लाख)
ब्राउन सुगरः ३.२ किलोग्राम (मूल्य १५ लाख)
अफिमः ४६ किलोग्राम (मूल्य २५ लाख)
ट्याब्लेट, इञ्जेक्सन, सिरपस् ३लाख, ७५हजार, ७सय ३६ थान (मूल्य १ करोड ६७ लाख)

 

५८४ मुद्दा दर्ता, ५२२ फछ्र्यौट

प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीका अनुसार, यो अवधिमा ५८४ लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये ५२२ मुद्दा फछ्र्यौट भइसकेका छन्। उनले  लागुऔषध नियन्त्रणसँगै आत्महत्या, आर्थिक अपराध, र सडक दुर्घटनामा पनि वृद्धि देखिएको जानकारी दिएका छन्।

 

आत्महत्याको चित्त दुखाउने तथ्य
एक वर्षको अवधिमा १हजार,२५३ जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरीले सार्वजनिक गरेको छ। पानीमा डुबेर २१५ जनाको मृत्यु भएको छ। त्यस्तै, करेन्ट लागेर १३८ जना, आगलागीमा परेर १९ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख गरिएको छ। यो तथ्यांकले मानसिक स्वास्थ्यको अवस्थाबारे गहिरो सोच आवश्यक रहेको संकेत गर्छ।

 

हतियार र तस्करी नियन्त्रण
एक वर्षमा १६ थान साना हतियार र १९ थान ठूला हतियार बरामद गरिनुका साथै राजस्व छली र तस्करी नियन्त्रणमा कडाइ गरिएको डीआईजी चुर्तुवेदीले बताएका छन्।मधेस प्रदेश प्रहरी कार्यालये गत आर्थीक बर्षमा १ अर्ब ३५ करोड ९७ लाख २७ हजार ९२३ रुपैयाँ बराबरको भन्साल छलीको सामान नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको तथ्यांकमा उल्लेख छ । यसैगरी, १८ करोड ३७ लाख ९१ हजार ३५८ रुपैयाँ ट्राफिक राजश्वबाट उठेको डिआईजी चतुर्वेदीले न्युज कारखानालाई बताए ।

 

सीमावर्ती चुनौती र बहु-स्तरीय समाधानको आवश्यकता
मधेश प्रदेशको भौगोलिक अवस्थाले गर्दा यहाँ लागूऔषध, हतियार, र अन्य गैरकानुनी कारोबार सहज भएको देखिन्छ। खुला सीमा, गरिबी, बेरोजगारी, र सीमित शिक्षा अवसरका कारण युवाहरू जोखिमयुक्त क्रियाकलापतर्फ आकर्षित छन्।

 

प्रहरीको सक्रियता सराहनीय भए पनि दीर्घकालीन समाधानका लागि समुदायस्तरीय जनचेतना, मानसिक स्वास्थ्य सेवा, पुनर्स्थापना केन्द्रको व्यवस्था, र अन्तरदेशीय सहकार्य अपरिहार्य देखिन्छ। यसका साथै, स्थानीय सरकार, विद्यालय, अभिभावक, र सामाजिक संघसंस्थाको भूमिकासमेत महत्वपूर्ण हुने उनले जनाए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९