बालुवाटारमा एमाले र कांग्रेसका शिर्ष नेता बिचको छलफल जारी

काठमाडौं। सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा जारी रहेको छ ।बालुवाटारमा नेपाली कांग्रेसवाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भइरहेको बेला यो बैठक बसेको हो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?