धनुषसँगको ‘अफेयर’ बारेमा मृणाल ठाकुरले मुख खोलिन्, ‘हास्याँस्पद र झुटो’

मुम्बई । हालै साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको लिंकअपको बारेमा धेरै खबरहरु बाहिर आएका थिए । धनुष मृणालको जन्मदिनको पार्टीमा देखिएका थिए । यस क्रममा उनीहरु एकअर्काको हात समातेको देखियो । अहिले मृणाल आफैंले यी समाचारमा प्रतिक्रिया दिएकी छिन् ।

 

 

ओन्ली कलिउडको रिपोर्टका अनुसार मृणालले हालै धनुषसँगको आफ्नो अफेयरको खबरमा पहिलो पटक प्रतिक्रिया दिएकी छिन् । उनले धनुषलाई असल साथी मात्रै भनेकी छिन् । मृणालले आफू र धनुषलाई यी अफवाह हास्याँस्पद लागेको बताए । अजय देवगनले धनुषलाई ‘सन अफ सरदारः२’ को प्रिमियरमा बोलाएको पनि मृणालले बताइन् ।

 

 

मृणाल ठाकुरले भनिन्, ‘धनुष र म असल साथी हौँ । अहिले मेरो र उहाँको सम्बन्धलाई लिएर विभिन्न खालका खबरहरु चलिरहेका छन् । मैले तिनी समाचारहरू देखे। यो धेरै हास्याँस्पद थियो। सन अफ सरदार २ को कार्यक्रममा धनुष उपस्थित थिए । कसैले गलत नबुझ्नु होला । उनलाई अजय देवगनले निम्तो दिएका थिए ।’

 

 

केही समय अघि न्युज १८ ले मृणाल र धनुषको अफेयरको खबरलाई स्रोतलाई उद्धृत गर्दै सार्बजनिक गरेको थियो । उसले लेखेका थियो, ‘हो, यो सत्य हो कि दुवैजना डेट गरिरहेका छन् । तर उनीहरुको सम्बन्ध अझै नयाँ छ र उनीहरुले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्दैनन् । उसलाई बाहिर घुम्ने र देख्ने कुनै तनाव छैन। उनका साथीहरूलाई थाहा छ।’  तर, अहिले अभिनेत्री मृणाल आफैंले यी समाचारलाई झुटो भनेकी छन् ।वर्कफ्रन्टको कुरा गर्ने हो भने मृणाल फिल्म ‘सन अफ सरदारः२’ मा देखिएकी थिइन् । अहिले पनि यो फिल्म हलमा छ । यो फिल्ममा अजय देवगन, नीरु बाजवा, रविकिशनजस्ता स्टार पनि छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?