सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय नआउने, बिनापोशाक विद्यालय आउने, गृहकार्य नियमित नगर्ने, पढाइमा चासो नदिने, अभिभावकले पनि आफ्ना सन्तानले विद्यालयमा कस्तो पढिरहेका छन् भन्नेबारे बेवास्ता गर्ने गरेका थिए । शिक्षक नियमित रूपमा विद्यालय नआउने, आए पनि विद्यालय समयमा नबस्नेजस्ता समस्याले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अपेक्षाकृत रूपमा फेरिएको थिएन । शैक्षिक क्षेत्रमा युवा नेतृत्व आएपछि पछिल्ला वर्षमा भने धेरै परिवर्तनका लहर आएका छन् । यसको ज्वलन्त उदाहरण हुन् रामपुर नगरपालिकाका शैक्षिक संस्था ।
यहाँका शैक्षिक संस्थामा युवा नेतृत्वले धेरै सुधार हुँदै आएको छ । रामपुर आधारभूत विद्यालयमा तीन वर्षअघि विद्यार्थी सङ्ख्या न्यून थियो । विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल पथ्र्यो । कुनै समय यो अत्यधिक विद्यार्थी पढ्ने विद्यालयको अग्रपङ्क्तिमै पर्दथ्यो । समयानुकुल शैक्षिक गतिविधि अगाडि बढाउन नसक्दा बीचमा विद्यार्थी सङ्ख्या घटदै गयो । युवा नेतृत्वको कुशल जिम्मेवारीले अहिले विद्यालयको अवस्था बदलिएको छ । तीन वर्षअघि ८७ विद्यार्थी रहेको यो विद्यालय अहिले दोब्बर बढी छन् । यहाँ हाल दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी सङ्ख्या मात्र फेरिएको होइन, भौतिक संरचना, विद्यालयको पूरै वातावरण नै नयाँ स्वरुपको बनेको छ । “युवाको गहन र कुशल जिम्मेवारीले विद्यालय फेरिने रहेछ”, प्रधानाध्यापक विजय शर्माले भन्नुभयो । प्राथमिक तहमा स्थायी दरबन्दीमा नियुक्ति लिएपश्चात २०७९ चैत २० गते रामपुर आधारभूत विद्यालयमा पदस्थापन हुनुभएका प्रअ शर्माले तीन वर्षमै यसलाई नमूना विद्यालय बनाउन सफल हुनुभएको छ । प्रअ शर्माले यो विद्यालयमा नियुक्ति लिँदा ८७ विद्यार्थी अध्ययनरत थिए ।
अहिले दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विसं २०६५ देखि बृहस्पति आधारभूत विद्यालय निस्दी गाउँपालिका–५ गल्धाबाट शिक्षण पेसा सुरु गर्नुभएका शर्माले विद्यालय सुधार गर्ने अठोट लिएर स्थायी नियुक्तिपश्चात रामपुर आधारभूत विद्यालय आएको बताउनुभयो । “विद्यार्थी सङ्ख्या न्यून, समयमा विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित नहुने, चुहिने कक्षाकोठा, खानेपानी, शौचालय समस्या, अव्यवस्थित विद्युत्जस्ता विविध समस्यासँग कछुवा गतिमा चलिरहेको विद्यालय सुधार गर्न सुरुमा कठिन थियो”, उहाँले भन्नुभयो, “अभिभावक पनि नयाँ शैक्षिकसत्र सुरु भएपछि अन्यत्र आफ्ना बालबालिका विद्यालय भर्ना गर्न लैजाने तयारीमा हुनुहुन्थ्यो भने शिक्षक, कर्मचारीमा शिक्षण पेसाप्रति उत्साह थिएन, तर मैले हिम्मत गरेर विद्यालय सुधार्नुपर्छ भनेर लागेपछि अहिले हेर्नलायकको विद्यालय बनेको छ ।” समयमा विद्यालय नआउने विद्यार्थी तथा शिक्षक हिजोआज भने समयअगावै आउने गरेका छन् । पहिला शैक्षिक सामग्री र फर्निचर अभाव थियो । अहिले उक्त समस्या छैन । निजी स्रोतमा कार्यरत शिक्षकको हरेक वर्ष तलब वृद्धि, विद्यार्थी सङ्ख्या बढेपछि दरबन्दी थप, आधुनिक शिक्षण पद्धतिको व्यवस्था, अनुशासन, समयपालना र मेहनतका कारण विद्यालयले आफ्नो पहिचान फरक बनाउन सफल भएको प्रअ शर्मा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “सुरुआतमा विद्यालयमा हाजिरी भएपश्चात यहाँको गतिविधि बुझ्दा सुधार गर्न सकिएलाजस्तो थिएन, विद्यार्थीले नियमित पोशाक नलगाउने, समयमा उपस्थित नहुने, केही शिक्षक त विद्यालयले बनाएको नियम पालना गर्न नसकेर विद्यालय छाडेर पनि जानुभयो, विद्यालय सुधार गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेमा म दृढ सङ्कल्प लिएर अघि बढेको छु, अहिले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा समुदायको राम्रो साथ पाएको हुँदा काम गर्न सहज वातावरण बनेको छ ।” विद्यालयमा २०७८ सालमा ८६, २०७९ सालमा ८७, २०८० सालमा एक सय ४६, २०८१ सालमा एक सय ७६ र २०८२ सालमा दुई सय दुई विद्यार्थी अध्ययनरत रहेका शिक्षक तुलसी गौतमले जानकारी दिनुभयो । पछिल्ला तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । चालु शैक्षिकसत्रमा २६ विद्यार्थी थपिएका छन् । नर्सरीदेखि ८ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालय अहिले रामपुरकै नमूना र उत्कृष्ट बनेको छ । विद्यालयको वातावरण राम्रो हुँदै गएपछि बोर्डिङ स्कुल छाडेर उक्त विद्यालयमा पढ्न थालेका अभिभावक सङ्गीता काफ्लेले बताउनुभयो । उहाँका दुई छोराछोरी यही विद्यालयमा पढ्छन् । बेलाबेलामा विद्यालयले अभिभावकलाई बोलाएर आफ्ना छोराछोरीको प्रगतिबारे जानकारी लिन तथा रायसल्लाह सुझाव दिन लगाउँछन् ।
यसबाट अभिभावकको विद्यालयप्रतिको माया बढ्ने उहाँको भनाइ छ । “निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउनुभन्दा सरकारी विद्यालयमा कम शुल्कमा राम्रो पढाइ भएपछि बोर्डिङबाट छुटाएर यहाँ ल्याएको छु, अब बोर्डिङ स्कुलमा पढाउनुपर्ने अवस्था छैन, सबै सुविधा सरकारी स्कुलमा नै पाइने रहेछ”, अभिभावक काफ्लेले भन्नुभयो । गृहकार्यमा सुधार, विद्यार्थी नियमित विद्यालय आउने वातावरण तयार, बिहानदेखि साँझसम्म विद्यालय खुला र पालो गरेर शिक्षकले विद्यालयको रेखदेख गर्ने व्यवस्था, प्रत्येक विद्यार्थीको व्यक्तिगत अभिलेख राख्ने, प्रत्येक कक्षाकोठामा ‘बुक कर्नर’को व्यवस्था, प्रत्येक कक्षाकोठाको अगाडि डिस्प्ले बोर्ड, मासिक रूपमा आन्तरिक परीक्षा लिइने, प्रत्येक दिन शिक्षकले विद्यार्थीलाई स्वागत गर्ने, योगध्यान साधनाको निरन्तर अभ्यास, रामपुर नगरमै नयाँ विषयका रूपमा संस्कारसहितको शिक्षा सुरु गरिएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा विद्यालय परेको छ । यस शैक्षिकसत्रदेखि संस्कारसहितको शिक्षा नामक विषय समावेश गरी पठनपाठन सुरु गरेको शिक्षक चम्पा गौतमले बताउनुभयो ।
पाठमा समावेश विभिन्न समुदायका चाडपर्व, संस्कार, संस्कृति, रीतिरिवाज, वेशभूषा, आदर सत्कार, अनुशासन, नैतिक आचरण, दैनिक गर्नुपर्ने क्रियाकलापजस्ता विषय पढाउने गरेको उहाँ बताउनुहुन्छ । “विद्यार्थीले पाठ सुरु गर्नुपूर्व संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न श्लोक तथा पाठ वाचन गर्छन्, कक्षाकोठामा विषय नै समावेश गरी पढाउन थालेपछि विद्यार्थीको आनीबानीमा धेरै परिवर्तन आएको छ”, उहाँले भन्नुभयो । आन्तरिक परीक्षाका लागि बाहिरका पालिकाबाट तयार पारिएका प्रश्नपत्रबाट परीक्षा लिइने, नतिजामा सुधार, कमजोर विद्यार्थीलाई सुधारका लागि छुट्टै शिक्षकको व्यवस्था, मासिक रूपमा शिक्षक, कर्मचारीको अनिवार्य बैठक, कक्षाअनुसार हरेक महिना अभिभावक भेला तथा विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिएर शिक्षणकार्य सञ्चालन भइरहेको छ । विद्यालयको शैक्षिकस्तर उकासिँदै जाँदा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यस विद्यालयमा भर्ना भई अध्ययन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
युवा नेतृत्वले संस्था कसरी बन्छ भन्ने उदाहरण आफ्नै विद्यालयले प्रस्तुत गरेको उहाँ बताउनुहुन्छ । “शैक्षिकस्तर सुधार गर्न समितिले प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई कुनै अप्ठ्यारो स्थिति सृजना गरेको छैन, यसमा समितिले सहजीकरण गर्दै आइरहेको छ, विद्यालय सुधार गर्न कुशल प्रशासनिक अनुभव भएको प्रअ चाहिने रहेछ”, अध्यक्ष गौतमले भन्नुभयो । हाल विद्यालयमा स्थायी दरबन्दीमा चार, निमावि राहत दरबन्दीमा एक, प्रावि राहत दरबन्दीमा दुई, बालविकास राहत दरबन्दीमा एक, शिक्षण निमावि अनुदानमा एक, निजी स्रोतबाट सात, कार्यालय सहयोगी राहत दरबन्दी एक गरी जम्मा १७ शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमध्ये दुई जनाबाहेक सबै महिला छन् । करिव १२ रोपनी क्षेत्रफल विद्यालयको नाममा रहेको छ । चारैतिर पक्की घेराबार गरिएको पाँचवटा भवनमा १२ शैक्षिक प्रयोजनका लागि कक्षा सञ्चालन भइरहेको छ । विसं २०४६ मा कक्षा १ देखि ३ सम्म स्थापना भएको विद्यालयमा हाल कक्षासम्म पठनपाठन भइरहेको छ ।
विद्यार्थीका लागि छात्रावास र शिक्षकका लागि आवाससहितको सुविधायुक्त भवन निर्माण गर्ने, करेसाबारी र फूलबारी, कृषि उत्पादनका लागि विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्ने, इन्टरनेटको प्रयोग गरी स्मार्टबोर्ड र प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्ने, खेलमैदानको उपयुक्त व्यवस्थापन गर्ने, योग ध्यान, साधना र खेलकुदलाई जोड दिने विद्यालयको लक्ष्य छ । यस्तै रामपुरकै अर्को नमूना विद्यालय हो, बेलघारी प्राथमिक विद्यालय । रामपुर नरपालिका–१ क्वाङक्वाङमा यो विद्यालय पनि युवाकै नेतृत्वमा चलेको छ । युवा प्रधानाध्यापक छापबहादुर थापाले विद्यालयको नेतृत्व गरिरहनुभएको छ । युवा नेतृत्वपश्चात विद्यालयले मुहार फेर्दै गएको छ । पहिला यस विद्यालयमा नियमित रूपमा विद्यार्थी आउँदैनथे । अभिभावकले पनि विद्यालयप्रति चासो देखाउँदैनथे ।
हिजोआज भने युवाको नेतृत्वले विद्यार्थी नियमित आउने र विद्यालयप्रति अभिभावकले चासो देखाउने, सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक थापाले बताउनुभयो । “हरेक संस्थामा युवा नेतृत्वलाई जिम्मेवारी दिइयो भने काम गर्न सजिलो हुन्छ, युवा ऊर्जावान भएकाले नेतृत्व उनीहरुलाई नै दिनुपर्छ”, प्रअ थापाले भन्नुभयो । कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । हाल विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय २०२२ सालमा स्थापना भएको हो । रामपुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा युवा नेतृत्वले शैक्षिक क्षेत्रमा सुधार आएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुहुन्छ । “युवा नेतृत्वमा चलेका विद्यालयको वातावरण नै बदलिएको छ, हिजो विद्यार्थी सङ्ख्या न्यून भएर गाभिन लागेका, शैक्षिक तथा भौतिक क्षेत्रमा पछाडि परेका विद्यालय अहिले नमूना विद्यालय बनाउन सफल भएको देख्दा खुसी लागेको छ”, उहाँले भन्नुभयो । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ,  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो ।...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

कञ्चनपुर, माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।   ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष...

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

भद्रपुर (झापा),  जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९