
नवलपरासी । नवलपरासीमा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियामा लागु औषध बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय समेरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ बस्ने वर्ष अन्दाजी २१ को रोहित सेन्चुरी सोही रोहित सेन्चुरीको श्रीमती वर्ष अन्दाजी १८ की रोइरा सेन्चुरी भन्ने असिदा बेगम र सोही ठाउँ बस्ने वर्ष अन्दाजी ३९ को बादल बस्याल रहेका छन् । प्रहरीले उनीहरुलाई बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको आधारमा चेकजाच गर्दा झोलामा लागुऔषध भेटेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
उनीहरुको साथबाट डाइजेपाम १ सय ३२ क्यापसुल, बुप्रिनुफिन१ सय ३२ एम्पुल र प्रोमिथाजाइन १ सय३२ एम्पुल लागुऔषध फेला परेको छ ।
पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पन्तले बताए ।