Baigyanik Media

Advertisement

Skip Ad

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

सिरहा,  कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो”, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, “अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।” एक घैटो पानीका लागि घण्टौ पालो कुर्नुपरेको क्षण उहाँलाई अझै ताजै लाग्छन् ।

 

जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको सङ्कट नयाँ थिएन । बस्तीका अर्का स्थानीय सञ्जु श्रेष्ठ भन्नुहुन्छ, “कुवा सुक्न थालेपछि त हाहाकार नै भएको थियो, अहिले भने त्यो दिन सम्झना सरह मात्रै भयो ।” स्थानीय खोला छेउको पुरानो कुवा बाढीले बगाएपछि गाउँमा पानीको स्रोत लगभग समाप्त भएको थियो । जिल्ला खानेपानी कार्यालयले १० घर बराबरको एक धारा बनाएको व्यवस्था इन्धन अभावका कारण जेनेरेटर चल्न नसक्दा बन्द हुन पुग्यो । गाउँमा बिजुली नपुग्दासम्म जेनेरेटरमै आयोजना निर्भर थियो । यी नै यावत समस्याको समाधान स्वरूप गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको साझेदारीमा अघि बढ्यो गोला मुक्सर खानेपानी परियोजना । यस परियोजनाको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापामगर भन्नुहुन्छ, “पाँच दशकपछि यो बस्तीमा पुनःसुरक्षित र भरपर्दो खानेपानीको व्यवस्था हुनुले हामी सबैको जीवन सहज भएको छ ।” गत पुसदेखि गाउँलेका लागि खानेपानी वितरण सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

 

यस खानेपानी आयोजनाको आवश्यकता सम्बन्धमा स्पष्ट पार्दै सबल नेपालका पालिका संयोजक देवेशकुमार चौधरीले भन्नुहुन्छ, “हामीले यो आयोजना गर्दा स्थानीयको आवश्यकता बुझ्यौँ, समुदायलाई समेट्यौँ, अनि ‘एक घर, एक धारा’ को लक्ष्यमा केन्द्रित भयौँ ।” उहाँका अनुसार उक्त आयोजनाको कूल लागत रु ३७ लाख २६ हजार २६९ रहेको छ । परियोजनाबाट रु २५ लाख १० हजार २६९, नगरपालिकाबाट रु १२ लाख १६ हजार र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो । नगरप्रमुख श्यामकुमार श्रेष्ठले पानीको सङ्कट गहिरिँदो भएकाले त्यसलाई निराकरण गरी जनतालाई जसरी पनि पानी खुवाउने लक्ष्य नगरको रहेको र त्यसैको उदाहरण यो आयोजना रहेको बताउनुभयो । परियोजनामा १०÷१० हजार लिटरका तीन ट्याङ्की, कूल ३० हजार लिटरको भण्डारण क्षमता र घरघरमा धारा तथा चपुत्रा बनाइएका छन् ।

 

पानी वितरणपछि गाउँघरमा आउँदासमेत हिचकिचाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ । सस्तो, सरल र सामुदायिक सहभागितामा आधारित यो आयोजना अब विस्तारै अन्य टोलका लागि उदाहरण बन्ने आशा गरिएको सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी यस्ता योजनालाई समुदायसँग सहकार्य गरेर दिगो विकासको उदाहरण बनाउन चाहन्छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

सिरहा,  कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका...

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् ।   आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले...

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

सिरहा,  कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९