Baigyanik Media

Advertisement

Skip Ad

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

ढोरपाटन (बागलुङ),दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् । हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् ।

 

व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताउनुभयो । तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताउनुभयो । तीन सय च्याङ्ग्रा लिएर आउनुभएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाउनुभयो । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उहाँको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउनुहुन्छ । “भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ”, उहाँले भन्नुभयो, “सहरबजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसैँमा त ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ ।”

 

च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताउनुभयो । सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताउनुभयो । च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार चलाएको उहाँको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउनुहुन्छ । आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उहाँको भनाइ छ । आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढामगरले बताउनुभयो ।

 

चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेकोबढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन ।” मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताउनुभयो । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाउनुभयो ।

 

च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन् । उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९