दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने अग्रगामी दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव, नेतृत्वमा भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, सिद्धान्त र विचारको मार्गदर्शनभन्दा जसरी पनि सत्तामा टिकिरहने मोहका कारण जनआक्रोशको सिकार बन्दै गएको यथार्थतालाई दलहरूले स्वीकार गर्न आवश्यक छ”, अपिलमा भनिएको छ, “यस परिस्थितिमा दलहरूले विगतका गल्ती, कमजोरी र विचलनको गम्भीर समीक्षा गरी जनतासँग क्षमा माग्दै, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन, जनप्रतिबद्ध नीति तथा वैचारिक सर्वोच्चता कायम गर्दै अविलम्व आफ्नो आन्तरिक लोकतान्त्रिकीकरणको प्रक्रियालाई तीव्र बनाई जवाफदेही, विकेन्द्रित एवम् सामूहिक नेतृत्वप्रणाली स्थापित गर्नु आवश्यक छ ।”

हालको जटिल परिस्थिति उत्पन्न हुनुको मूल कारक राजनीतिक दलका नेतृत्व तहको कार्यशैली र गम्भीर वैचारिक विचलन नै भएको निष्कर्ष निकाल्दै अगुवाहरूले जनताको विश्वास पुनः प्राप्त गर्न र संविधानको संरक्षण गर्न तथा गराउनका लागि राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुन अत्यावश्यक रहेकामा जोड दिनुभएको छ । ‘राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान’ शीर्षकको अपिलमा भनिएको छ, “उपरोक्त कार्यभार पूरा गर्न, गराउन तथा राजनीतिमा युवा पुस्ताको संलग्नता बढाउँदै पार्टीलाई अविलम्ब पुनर्जीवन दिनु अत्यावश्यक भएकाले दलका पहिलो पुस्ताका नेतृत्वले अब आफैँ अग्रसर हुनुपर्छ । आजको जटिल परिस्थिति उत्पन्न हुनुको मूल कारक राजनीतिक दलका नेतृत्व तहको कार्यशैली र गम्भीर वैचारिक विचलन नै भएकाले विगतमा नेपालको राजनीतिक–सामाजिक रूपान्तरणका लागि योगदान गरेका दलहरूले समयको मागलाई सम्बोधन गर्न, जनताको विश्वास पुनः प्राप्त गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण गर्न गराउनका लागि राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुन अत्यावश्यक भइसकेको छ.।

तसर्थ नयाँ नेतृत्वका लागि नेतृत्व स्वयं अग्रसर भई मार्ग प्रशस्त गर्नुपर्दछ भन्ने हाम्रो अभिमत रहेको छ ।” यसैगरी ‘जेनजी’ आन्दोलनको औचित्य स्वीकार गर्दै संवैधानिक सीमाभित्र रहेर नवयुवापुस्ताको जायज माग पूरा गर्ने प्रतिबद्धताका लागि अन्तरिम सरकारको कदमलाई स्वागत गरिएको छ । यस्तै, आन्दोलनका क्रममा भएको घुसपैठले गर्दा हिंसात्मक बन्न पुगेको प्रदर्शन, प्रदर्शनमाथि गरिएको क्रूर सरकारी दमन र त्यसपश्चात्का अराजकतापूर्ण घटनाको भत्र्सना गर्दै छानबिनसहित कारबाहीको माग गरिएको छ । “जेनजी नवयुवाहरूले समग्र पुस्ताका आमजनभावनाको प्रतिनिधित्व गर्दै भ्रष्टाचारको विरोध र सुशासनको माग पूरा गराउन गरेको आन्दोलन र शहादतपछिको असाधारण परिस्थितिमा बनेको वर्तमान अन्तरिम सरकारले संवैधानिक सीमाभित्र रहेर नवयुवापुस्ताको जायज माग पूरा गर्ने प्रतिबद्धताको हामी स्वागत गर्दछौँ । तर यस आन्दोलनका क्रममा भएको घुसपैठले गर्दा हिंसात्मक बन्न पुगेको प्रदर्शन, प्रदर्शनमाथि गरिएको क्रूर सरकारी दमन र त्यसपश्चात्का अराजकतापूर्ण घटनाको हामी तीव्र भत्र्सना गर्दछौँ । निजी निवास, सरकारी भवन, राजनीतिक दलका कार्यालय, अदालत, सञ्चारगृह र उद्योग प्रतिष्ठानमाथिका लुटपाट र आगजनी तथा सुरक्षा निकाय र सुरक्षाकर्मीमाथि भएका आक्रमण तथा राज्य पक्षबाट भएको हत्या हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याई कारबाही गरिनुपर्दछ ।”

उहाँहरूले यस क्रममा आगजानी र तोडफोडमा संलग्नलाई तत्काल कारबाही नगरिने आशयको सरकारद्वारा जारी निर्देशन तत्काल खारेजीको माग गर्दै आन्दोलनकारी र विध्वंशकारीहरूलाई छुट्याई तदनुसार कारबाही नगरे सरकारले दण्डहीनतालाई प्रश्रय दिएको ठहरिने जनाउनुभएको छ । यसैगरी संवैधानिक निकायहरूमा फैलाइएको भय र अन्यौलको अन्त्य गर्न सरकारलाई आग्रह गरिएको गर्दै भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउन र आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई सफल बनाउन सबै पक्षबीच तत्काल संवाद सुरु गर्नुपर्नेमा जोड दिइएको छ । राजनीतिक दलहरूलाई चुनावमा भाग लिन नदिनेजस्ता अस्वाभाविक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ । “संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मान्यता विपरीत हुनेगरी नेपालका प्रधान न्यायाधीश र संवैधानिक अङ्गका पदाधिकारीहरूका विरुद्धमा सिर्जना गरिएको भय, त्रास र अनिश्चिततापूर्ण परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दै यस्तो परिरिस्थिति अन्त्य गर्न सरकारसँग माग गर्दछौँ ।

साथै भ्रष्टाचारको आरोपमा संलग्न व्यक्तिहरूमाथि अविलम्ब छानबिन गरी कानुनी प्रक्रिया सुरु गर्न पनि सरकारलाई सचेत गराउन चाहन्छौँ र सो प्रक्रियामा सहयोग गर्नका लागि राजनीतिक दलहरूको पनि ध्यानाकर्षण गराउँदछौँ”, अपिलमा उल्लेख छ, “संवैधानिक प्रक्रिया यथासक्य चाँडो सुसञ्चालन गर्नका लागि तोकिएको मितिमा निर्वाचनमा उत्साहपूर्वक मतदान हुन सक्ने वातावरण निर्माण गर्नका लागि शान्ति र अमनचयन कायम राख्न विशेष ध्यान पु¥याउँदै राजनीतिक दल, जेन्जी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।” आह्वानमा हस्ताक्षर गर्नेहरूमा लोकराज बराल, गणेशमान गुरुङ, रत्नसंसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनक दीक्षित, रेणु अधिकारी, शरद् वन्त, महेश मास्के, परशुराम तामाङ, शङ्कर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीकाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी र बिन्दु शर्मा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

वीरगञ्ज महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण

वीरगञ्ज (पर्सा),जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो । वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज,...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली (रामेछाप),  पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९