Baigyanik Media

Advertisement

Skip Ad

स्रष्टाले सम्झिए महाकवि देवकोटालाई

गण्डकी,‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानी कल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो- ‘साहित्यको विरासत बोकेर माथि ल्यायौँ पदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’ सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे ।
स्रष्टा कोपिला कँडेलले महाकविलाई सम्बोधन गर्दै कविता सुनाउनुभयो– ‘देवकोटा म कस्तो कविता लेखुँ, शान्तिको कविता लेखुँ कि, क्रान्तिको कविता लेखुँ कवितामा गाउँ, समाज र देशका कविता समेटुँकी मनभित्रका पीडा र दर्दका कविता समेँटु’ विद्यामन्दिर पुस्तकालयले देवकोटा जयन्तीका अवसरमा यहाँका कवि, लेखकलाई एकैठाउँ जुटाएको थियो । स्रष्टा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले ‘नेपाल आमा रोइरहेकी छिन्’ शीर्षकको कविता पाठ गर्नुभयो । उहाँको कवितामा देशप्रेमको भाव झल्कन्थ्यो । देशले अहिले बाँचिरहेको समय कवितामा प्रस्फुटित थियो । ‘देश रोइरहेको छ म पनि रोइरहेको छु सायद हजुरको मन पनि रोइरहेको छ मेरी प्यारी जननी हाम्री नेपाल आमा पटकपटक बलात्कृत भइरहेकी छिन् कहिले आफ्नै सन्तानहरुबाट कहिले छिमेकी सैतानहरूबाट’ ‘समाजसेवी’ शीर्षकको कवितामार्फत स्रष्टा सञ्जयश्याम राजभण्डारीले समाजका भ्रष्ट र अनैतिक पात्रविरुद्ध कटाक्ष गर्नुभयो ।
उहाँको कविताले भन्छ- ‘एउटा हुल म्याँ गरे पनि ताली बजाउँछ भ्याँ गरे पनि ताली बजाउँछ हुयाँ गरे पनि ताली बजाउँछ च्याँ गरे पनि ताली बजाउँछ मालिक जो ब्रिफकेसमा नोटको भारी बोक्छ ताली बजाउनेलाई नोटको बिटो बाँड्छ समाजसेवाको बिगुल फुक्छ हो, ऊ समाजसेवी हो चर्चा उसकै छ, परिचय उसकै छ, ताली उसकै छ, जयजयकार उसकै छ सबैथोक उसकै छ, किनकी ब्रिफकेस र सुटकेसभरी नोट उसकै छ’ व्यङ्गमिश्रित कविताका माध्यमबाट स्रष्टा राजभण्डारीले राजनीतिज्ञ र समाजसेवीका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हान्नुभएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए ।
प्रतियोगितात्मक काव्य गोष्ठीमा स्रष्टा रामचन्द्र शर्माद्वारा प्रस्तुत गजल प्रथम भयो । सञ्जयश्याम राजभण्डारीको कविताले द्वितिय स्थान र कोपिला कँडेलको कविताले तेस्रो स्थान हासिल गर्‍यो । काव्य गोष्ठीमा स्रष्टा युक्तप्रसाद सुवेदी, गोविन्द सुवेदी, गुणराज पौडेल ‘गुराँस’, धनराज सापकोटा ‘जिज्ञासु’लगायतले सिर्जना प्रस्तुत गरेका थिए । देवकोटा जयन्तीका प्रमुख अतिथि कवि एवं विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकवि देवकोटालाई नेपाली साहित्यका बहुआयमिक प्रतिभाका रूपमा स्मरण गर्नुभयो ।
“कम उमेर बाँचेर पनि देवकोटाले नेपाली साहित्यलाई अमूल्य योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “मूल रूपमा साहित्य सिर्जनामा लागेपनि राजनीति र पत्रकारितामा पनि उहाँको योगदान रहेको छ ।” पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरुदेखि देवकोटाको जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताउनुभयो । राम थापा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आन्तरिक रावश्व कार्यालय : तीनमहिनामा ७५ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा)  आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको...

आन्तरिक रावश्व कार्यालय : तीनमहिनामा ७५ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा)  आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९