मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा पनि एक प्रकारको दबाबको अवस्था रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आम्दानी उस्तै छ, खर्च भने दिनप्रतिदिन बढ्दै छ । दसैँ गयो, बच्चा र परिवारका लागि पनि दसँै त मान्नैपर्छ भन्ने सोचले निद्रा नै हरायो, बालबच्चाको वर्ष दिनमा आएको पर्वको खुसी पनि त हराउन दिनुभएन ।” अभिभावक परिवारको खुसी र समाजको चलनका नाममा अदृश्य मानसिक तनाव र दबाबमा चाडपर्व मनाइरहेका हुन्छन् । कमजोर अर्थतन्त्र, अस्थिर रोजगारी र बढ्दो महँगीले मानिसमा आर्थिक चिन्ता र भविष्यप्रतिको अनिश्चितता मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चिकित्सक बताउँछन । दसँै नसकिँदैको अविरल वर्षा र बाढीपहिरोले पीडामाथि पीडा थपेको छ । हजारौँ मानिस विस्थापित भएका छन्, सयौँ परिवारले घर, अन्न र सम्पत्ति गुमाएका छन् ।
विराटनगर–दरैयाकी मधु लिम्बूको परिवारलाई यस वर्ष पनि प्राकृतिक विपत्तिले छोडेन । हरेक वर्षजस्तै यस वर्ष पनि उहाँको घरभित्र बाढी पस्यो । दसँैका समयमा आएको विपद्ले पर्वको महसुस गर्न नपाएको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा पानी पसेर केही पनि बाँकी रहेन । दसँैको खुसी त परै जाओस्, अहिले त के खाने भन्ने चिन्ता छ । अहिले पनि बादल लाग्दा राति पानी पर्छ कि भन्ने डरले निद्रा नै लाग्दैन, एक प्रकारको डर मनमा भइरहेको हुन्छ के गर्ने ?” पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तथा मानसिक रोग विभागीय प्रमुख डा प्रभात चालिसे यस्तो अवस्थालाई ‘भय मनोविज्ञान’ भएको बताउनुहुन्छ । उहाँका अनुसार यसले मानिसलाई लामो समयसम्म अशान्त राख्छ । “कतिपय अवस्थामा त विपत्तिपछि बच्नेमा ‘सर्भाइभर गिल्ट’ पनि हुन्छ । आफू बाँचेर प्रियजन गुमाएको पीडावोध । यसलाई समयमै सम्बोधन नगरे आत्माहत्या वा गहिरो निरासासम्म पुर्याउन सक्छ ।” उपप्राध्यापक डा चालिसे भन्नुहुन्छ, “मानसिक समस्या अझैसम्म पनि मौन पीडाका रूपमै रहेको छ, यस्तो समस्या भोग्ने होइन, खुलेर कुरा गर्ने हो । मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यकै अंशका रूपमा लिनसक्ने वातावरण बनाउनुपर्छ । मानसिक समस्या कुनै कमजोरी होइन । जस्तै शारीरिक रोग हुन्छ, त्यस्तै मानसिक रोग पनि उपचारयोग्य हुन्छ । तर समस्या चिनेपछि ढिला नगरी विशेषज्ञकहाँ पुग्नु जरुरी हुन्छ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० प्रतिशत जनसङ्ख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । तर अझै धेरै मानिस डर, लाज र ‘के भन्लान्’ भन्ने सोचका कारण उपचार खोज्न मनोपरामर्शदाताकहाँ पुग्न हिच्किचाउने गर्दछन् । मानसिक समस्या बढ्दो कोशी अस्पतालको मानसिक रोग विभागमा सेवा लिन आउनुभएका दुहवी, सुनसरीका २८ वर्षीय युवराज शर्माले परामर्श तथा उपचारका लागि आएको बताउनुभयो ।
उहाँलाई हरेक समय एक अनौठो बोझजस्तो महसुस हुने तर के कारण हो आफूलाई थाहै नहुने समस्या थियो । उहाँले भन्नुभयो, “म महिनौँदेखि तनावमा थिएँ तर के को तनाव हो आफैँलाई थाहा नहुने, काममा मन लाग्दैनथ्यो, तर कसैलाई भन्न डर लाग्थ्यो, पागल पो हुनलाग्यो भन्छन् कि भन्ने डर । समस्या बढ्दै गएपछि नजिकको साथीलाई सुनाएँ, उनले यहाँ चिकित्सक देखाउन सहयोग गरे त्यसैले यहाँ आएको हुँ ।” कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा सचिन नेपालीका अनुसार पछिल्ला समयमा मानसिक रोग विभागमा दैनिक ४०÷५० जना मानसिक परामर्शका बिरामी आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हालै देशमा जेनजी प्रदर्शन, राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिले मानिसमा तनाव सृजना गरेको छ । यसले विशेषगरी युवामा ‘एडजस्टमेन्ट डिसअर्डर’ र ‘एन्जाइटी’का लक्षण देखिएका छन् ।” उहाँका अनुसार बेरोजगारी, ऋणको बोझ र विदेश जाने तयारी रोकिएका युवामा आफूलाई नयाँ परिस्थितिमा मिलाउन नसक्ने समस्या ‘एडजस्टमेन्ट डिसअर्डर’ बढ्दो छ । यो एक प्रकारको मानसिक समस्या हो, जुन समस्या तनावको कारणले हुने समस्या भनेर बुझ्नुपर्छ । व्यक्तिमा अधिक चिन्ता, निरासाका समस्या छ र दैनिक कामकाज गर्न असहज भइरहेको छभने मनोपरामर्शदाताको सहयोग लिनुपर्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’ निको हुन यत्ति नै समय लाग्छ भनेर ठ्याक्कै भन्न नसकिने चिकित्सक बताउँछन् । यस्ता लक्षण भएका व्यक्तिलाई ठिक हुन व्यक्तिको सोच्ने तरिका, समयअनुसार परिवर्तन हुनसक्ने क्षमता, व्यक्तिले तनावसँग सामना गर्ने क्षमतामा भर पर्छ ।
यो समस्या भएका व्यक्तिलाई उचित ध्यान नदिए गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो समस्या भएका मानिसलाई घरपरिवारको भावनात्मक सहयोगको निकै खाँचो हुन्छ । ‘एडजस्टमेन्ट डिसअर्डर’जस्तै ‘एन्जाइटी’ अहिले धेरै मानिसमा देखिएको अर्को समस्या भएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार सामान्यतया बिनाकारण डराउने, आत्तिने, मुटु ढुकढुक हुने, काप्ने, श्वास फेर्न गाह्रो हुने, छिनछिनमै पिसाब लाग्ने समस्या ‘एन्जाइटी’को हो । सुत्न गाह्रो हुने समस्या देखिएमा ‘एन्जाइटी डिसअर्डर’ भएको बुझ्नुपर्छ । शारीरिक स्वास्थ्यमा असर पुग्ने, काममा असर हुनेजस्ता लक्षण ‘एन्जाइटी’मा देखिने लक्षण हुन् । मानसिक रोग विशेषज्ञ डा नेपाली पछिल्ला घटनाले मानिसको दैनिकीमा असुरक्षा र भय बढाएकाले अस्पतालमा आएका धेरै बिरामी राति निद्रा नलाग्ने, मन आत्तिने, डर लाग्ने र खानामा रुचि नहुने समस्या लिएर आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सो विभागमा हाल २० देखि ३० वर्ष उमेर समूहका बिरामी बढी देखिन्छन । त्यसमध्ये महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढी छ । उनीहरू घर र बाहिर दुवै जिम्मेवारीको दबाबमा छन्, साथै ‘हर्मोनल’ असन्तुलनले पनि मानसिक अवस्था प्रभाव पार्ने भएकाले पनि महिलामा धेरै देखिएको हुनसक्ने उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्यका चुनौतीमा महिलाको अवस्था अझ जटिल देखिएको छ ।
डा नेपाली भन्नुहुन्छ, “महिलामाथि घरभित्रका जिम्मेवारी र आर्थिक निर्णयको दबाब दुवै पर्छ । साथै सामाजिक अपेक्षा र हर्मोनल परिवर्तनले पनि उनीहरूको मानसिक सन्तुलनमा असर पार्छ ।” अझै मौन पीडामा मानसिक समस्या पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा प्रभात चालिसे मानसिक रोगबारे अझै समाजमा मौन विषय भएका कारण धेरै मानिस चिन्ता, अनिद्रा वा निरासामा भए पनि परिवार वा समाजलाई भन्न डराउने भएकाले समस्या झन् जटिल बन्न पुगेको बताउनुहुन्छ । “धेरैजसो मानिस मानसिक रोग विशेषज्ञकहाँ जान डराउँछन्, किनभने उनीहरूलाई औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने भ्रम छ”, उहाँ भन्नुहुन्छ, “मानसिक समस्या हुँदैमा औषधि सेवन गर्नैपर्छ भन्ने होइन । धेरैजसो समस्या परामर्श र व्यवहार परिवर्तनबाटै निको हुन्छ ।” उहाँका अनुसार सामान्यतया छदेखि नौ महिनासम्म औषधि सेवन गर्दा समस्या नियन्त्रणमा आउँछ ।
औषधि छाड्न सकिन्छ । तर तनावले शरीर, सम्बन्ध वा काममा असर गर्न थालेको छभने चिकित्सकलाई भेट्न ढिला गर्न नहुने उहाँको भनाइ छ । यसरी समाधान गर्न मानसिक समस्या चिकित्सक मानसिक सन्तुलनका लागि ‘डिसिप्लिन लाइफ’ अत्यावश्यक रहेको औँल्याउँछन् । उहाँहरूका अनुसार समयमै सुत्ने–उठ्ने, बेलुका कम खाने, नियमित व्यायाम गर्ने र प्रशस्त पानी पिउने बानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । त्यस्तै, आफ्ना मनका कुरा विश्वासिलो व्यक्ति, श्रीमान्, श्रीमती वा साथीसँग खुलेर आदानप्रदान गर्ने, ‘भेन्टिलेसन’ गर्ने अभ्यास गर्न सकिए पनि तनाव घटाउन सकिन्छ । अस्थिर राजनीति, प्राकृतिक विपत्ति र आर्थिक अनिश्चितताबीच मानसिक सन्तुलन कायम राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । चिकित्सकको भनाइमा समयमै परामर्श र सहयोग लिएर मानसिक स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ । तनाव र चिन्ता सामान्य मानवीय प्रतिक्रिया हुन् । तर त्यसलाई भित्रै दबाएर राख्नु भने असामान्य हो । तनावका विषयमा खुलेर कुरा गर्ने, सुन्ने र सहयोग खोज्ने बानीले मानसिक स्वास्थ्य सुरक्षित राख्न सकिन्छ । जुनु भट्टराई/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९