छठपर्वका लागि हेटौँडाको राप्ती नदीटतलाई शृङ्गारिँदै

बागमती,  श्रद्धाको पर्वका रूपमा मनाइने छठपर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ र शृङ्गारिँदैछ । राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिनुभयो । बर्तालुहरू रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठमा बर्तालु र अवलोकन गर्न जानेहरूको सङ्ख्या हजारौँको हुने गर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरूको दाबी छ । यस वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने अनुमान छ ।
प्रत्येक वर्ष छठ मनाउनेहरूको सङ्ख्यमा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामनाहरूको जोहो गर्न किनमेल गर्नेको बजारहरूमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वका आवश्यक पर्ने प्रसाद तथा अन्य समानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्षको छठ शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन बर्तालुहरू नहायखाय गरी छठपर्व आरम्भ गर्ने गरेको छ ।
छठको दोस्रो दिन खरना विधि गर्ने गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरेर अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालुहरू दिनभरि उपवास बस्ने गर्छन् । बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।
छठको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुहरूले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । छठको मुख्य प्रसादका रूपमा रहेको केरा फलफूल, मिठाइ, अदुवा उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । चार दिनसम्म मनाइने यो पर्वमा बर्तालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।
आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था छठपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिनेछ । छठ बर्तालुहरू पूजा गर्न नदी तटमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र स्ट्राइकिङसहितका प्रहरी टोली परिचालन गरिने प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । ‘फास्ट रिस्पोन्स’का लागि क्यूआरटी अर्थात ‘क्विक रिस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलगत्तै क्यूआरटी टोली पुग्ने उहाँको भनाइ छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी, अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी, अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विराटनगर, विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९