दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।
“अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भन्नुभयो, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ भित्र्याउनुभयो ।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ । उहाँका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरूले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था थियो । उहाँले भन्नुभयो, “अब महिलाहरूका लागि सहजरूपमा उपचार लिन सकिने भएको छ, स्त्रीरोग विशेषज्ञ आएको बारेमा जानकारी सबैतिर गर्नु जरुरी छ, भारतका विभिन्न ठाउँमा जाने बिरामीलाई अब जिल्ला अस्पतालमै सबै सेवा उपलब्ध रहेको जानकारी जरुरी छ ।”
जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । “म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौंँ”, उहाँले भन्नुभयो, “आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।” आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उहाँको भनाइ छ । भट्टराई भन्नुहुन्छ, “दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।” यसअघि डा भट्टराई कर्णालीमा सेवा गरेर आउनुभएको हो । “मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।”
अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताउनुभयो । “अब महिलाले कुनै पनि रोग लुकाएर बस्नुपर्ने छैन, सहजै जिल्ला अस्पतालमै उपचार पाउन सक्नेछन्”, उहाँले भन्नुभयो । डा शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दी लगायतका स्थानमा काम गरिसक्नुभएको छ । “दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु मेरा लागि गर्वको कुरा हो”, शाहीले भन्नुभयो, “यहाँका महिलालाई सकेसम्म बढी स्वास्थ्य सेवा दिन चाहन्छु ।” अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् ।
कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा (अर्थोपेडिक) विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् । अस्पतालमा भौतिक पूर्वाधारको अभाव भए पनि हालको संरचनालाई व्यवस्थित गरेर सेवा प्रदान गर्ने काम भइरहेको डा भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार नयाँ अस्पताल भवन निर्माणमा ढिलाइ भएकाले अहिले पुरानो भवनमै व्यवस्थापन गरेर सेवा चुस्त र प्रभावकारी बनाउने प्रयास भइरहेको छ । दुर्गम क्षेत्रमा सबै चिकित्सक आउन नचाहे पनि उहाँहरुलाई प्रोत्साहन गरेर ल्याउने काम भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।
अहिले जिल्ला अस्पतालमा छात्रवृत्ति करार, प्रदेश करार र ‘निकसाइमन’को सहयोगमा चिकित्सकहरू कार्यरत छन् । अस्पतालमा अहिले तीन अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा छन् । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार यही कात्तिक ३ देखि ७ गतेसम्मको अवधिमा मात्र १५१ जनाले उपचार सेवा लिएका छन् । “तिहारको बिदाका समयमा पनि बिरामीको सङ्ख्या घटेन”, उहाँले भन्नुभयो, “विशेषज्ञ डाक्टर आएपछि बिरामीको आगमन पनि बढेको छ ।” यसअघि दशैंँ अवधिमा ३९२ जनाले उपचार गराएका थिए । अहिले तीन विशेषज्ञ चिकित्सक भएपछि भारततर्फबाटसमेत बिरामी आउने क्रम सुरु भएको सूचना अधिकारी भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि महिला विशेषज्ञ र एमडिजिपी चिकित्सक कार्यरत रहेको बारेमा अझ प्रचारप्रसार गर्न सकियो भने ग्रामीण भेगका बिरामी पनि थप आउने सम्भावना छ, धेरैलाई जिल्लामै विशेषज्ञ चिकित्सक कार्यरत भएको जानकारी नहुँदा बाहिर जानुपरेको छ ।” यहाँका बिरामी भारतको हल्द्वानी, पिथौरागढ र धारचुलाका मेडिकल तथा अस्पतालमा उपचारका लागि जाने गर्छन् । नरेन्द्रसिंह कार्की/ रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९